• होमपेज
  • समाचार
  • २०७६ सालको बिदाको तालिका

२०७६ सालको बिदाको तालिका

  • शुक्रबार, चैत्र १, २०७५
२०७६ सालको बिदाको तालिका

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी २०७६ सालमा दिइने सार्वजनिक बिदा तय गरेको छ । सरकारले वर्षभरीमा जम्मा १५ दिन बिदा दिने निर्णय गरेको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार सार्वजनिक बिदा दिइएको छ ।

त्यस्तै असोज ३ गते शुक्रबार संविधान दिवसको दिन सार्वजनिक बिदा दिइएको छ । असोजमै १८ गते शनिबारदेखि २२ बुधबारसम्म फूलपातीदेखि एकादशीसम्म ५ दिन सार्वजनिक बिदा दिइएको छ ।

कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन बिदा दिइएको छ ।

फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक बिदा दिइएको छ । त्यस्तै फागुन २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार फागु पूर्णिमाको सार्वजनिक बिदा दिइएको छ ।

यसैगरी भदौ १६ गते सोमबार महिलाका निम्ति तीजको सबदा दिइएको छ । जितिया पर्व मनाउने मधेसका महिलालाई असोज ५ गते आइतबार बिदा पाउनेछन् । साथै अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते मंगलबार अन्तर्राष्ट्रिय अपांगता दिवसमा बिदादा दिइएको छ ।

शिक्षण संस्थाहरुमा माघ १६ गते बिहीबार श्रीपञ्चमीको बिदा रहेको छ । यता काठमाडौं उपत्यकामा साउन ३१ गते शुक्रबार गाईजात्रा, भदौ २७ गते शुक्रबार इन्द्रजात्रा, चैत ११ गते मंगलबार घोडेजात्रा र मत्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन बिदा हुनेछ भने कात्तिक २५ गते सोमबार फाल्गुनन्द जयन्तीमा किराँत धर्माबलम्बीलाई र कात्तिक २६ गते मंगलबार गुरु नानक जयन्तीमा नेपाली शिख धर्माबलम्बीलाई बिदा दिइएको छ ।

किरात, राई, याख्या, सुनुवार, लिम्बुजातिले उभौली पर्व – चण्डी पूर्णिमा (वैशाख पूर्णिमा) बिदा पाउने छन् । तर, यसपटक जेठ ४ गते शनिबार परेको छ। किराँत समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही – ज्यापु दिवस (मंसिर पूर्णिमा, धान्य पूर्णिमा) का दिन मंसिर २६ गते बिहीबार त्यस जातिलायृ सार्वनिक बिदा दिइएको छ ।

सुदूरपश्चिम क्षेत्रमा गौरा पर्व भदौ ६ गते शुक्रबार बिदा रहेको छ भने मधेसमा कात्तिक १६ गते छठ पर्वको बिदा हुनेछ । तर, यसपटक शनिबार परेको छ । इस्लाम धर्मावलम्बीहरुले इदुल्ल फित्र र इदुल जोहाका दिन बिदा पाउनेछन् भने इसाइ धर्मावलम्बीलाई क्रिसमस डेमा पुस ९ गते बुधबार बिदा दिने सरकारले निर्णय गरेको छ ।

तमु ल्होसारमा पुस १५ गते मंगलबार, माघे संक्रान्तिमा माघ १ गते बुधबार( थारु, मगर, छन्त्याल जाति) लाई बिदा दिइएको छ । तामाङ समुदायको सोनम ल्होसार बिदा दिइने भए पनि यसपटक माघ ११ गते शनिबार परेको छ ।शेर्पाहरुको ग्याल्बो ल्होसार फागुन १२ गते सोमबार पनि बिदा रहेको छ।

त्यस्तै झापा, मोरङ सुनसरी, सिरहा, सप्तरी जिल्लाहरुमा सिरुवा पावनी पर्व र थेउचिक पर्व मनाउने जिल्लामा उक्त दिन बिदा सरकारले निर्णय गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि