• होमपेज
  • समाचार
  • लगानीको बाधकः जग्गा प्राप्ति

लगानीको बाधकः जग्गा प्राप्ति

  • आइतवार, पुस ८, २०७५
लगानीको बाधकः जग्गा प्राप्ति

महाप्रसाद अधिकारी । झण्डै दुई वर्ष अगाडि पनि लगानी सम्मेलन आयोजना भएको थियो। यसपाली पनि हामीले फरक सन्दर्भमा सम्मेलन आयोजना गर्न खोजेका छौं। पहिलेकोभन्दा अहिलेको लगानी सम्मेलन गर्नुमा केही कारणहरु दरिलाफरक छन्।

देशमा वैदेशिक लगानीलाई आकर्षित गर्नका लागि केही प्रबर्द्धनात्मक कृयाकलापहरु गर्नै पर्छ। यस्ता कृयाकलापले हामीलाई विश्व बजारसँग कनेक्ट गर्छ। विदेशी प्रत्येक लगानीकर्तासँग छुट्टाछुट्टै कुराकानी गरेर गर्न सकिदैन। त्यसैले सामूहिक रुपमा लगानी आकर्षित गर्न यस्ता कार्यक्रमहरु आयोजना गर्नुपर्छ।

नियमित रुपमा यस्ता कार्यक्रमहरु गर्नै पर्छ। हिलेको लगानी सम्मेलनका बेलामा राजनीतिक जोखिमका बारेमा प्रश्नहरु उठ्थे।स्थिर सरकार थिएन। अहिले निर्वाचनपछि स्थिर सरकार बनेको छ। त्यसबेला हामीले राजनीति जोखिम छैन भन्ने देखाउन सबै दलसँग प्रतिबद्धता माग्नु परेको थियो। सबै नेताहरुले राम्रो बोलिदिनु पनि भयो। त्यसले राम्रो प्रभाव पनि पार्यो।

हामीले नेपालको लगानी नीतिका बारेमा बतायौं। अरु योजनाहरु पनि सुनायौं। त्यसबेला राजनीति रुपमा नीति तलमाथि हुँदैन भनेर नेताहरुले बोल्नु परेको थियो। त्यसबेला बोलेका कुराहरु अहिले ब्यवहारमा पालना भएको छ। अब हामीले त्यो कुरा गरिरहनु पर्दैन। यसबीचमा लगानी नीतिहरु तयार भइरहेका छन्। बैदेशिक लगानीलाई प्राथमिकतामा हामीले राखेका छौं। त्यसैले हामीले अब संभावित लगानीकर्ताहरुलाई आकर्षित गर्न सक्छौं। त्यसका लागि एउटा फोरम चाहिन्छ। यसपाली त्यही गर्न खोजिएको हो।

यसपालीको सम्मेलनलाई हामीले अवसरका रुपमा पनि लिन खोजेका छौँ। हामीले रिफर्मका कुराहरु धेरै गरिरहेका छौं। तर धेरै क्षेत्रमा रिफर्म गर्न सकिएको छैन। कुरा हुन्छ काम हुँदैन। कार्य्विधि बन्छन् तर त्यो कार्यान्वयनमा जाँदैन। कति ऐन नियम सुधारका कुरा गरेका छौं, तर सुधार गर्न सकिरहेका छैनौं।

विदेशी लगानीकर्ताले हेर्ने भनेको हाम्रो नीति नियम हो। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, बौद्धिक सम्पत्ति सम्वन्धि ऐन, सार्वजनिक–निजी साझेदारी ऐन लगायत धेरै बिषयमा सुधार गर्नु पर्नेछ। यी सबै बिषयलाई टुङ्ग्याएर एउटा कानुनी आधार तयार पार्न जरुरी छ। त्यसपछि मात्रै हामीले सम्मेलन गर्दा सार्थक हुन्छ। त्यसैले सुधार सुरु गर्न लगानी सम्मेलन हाम्रालाई अवसर पनि हो।

अब धेरै नीति नियमहरु पुनरावलोकन हुन्छन्। कार्यान्वयन गर्न सकिनेस्तरका हुन्छन्। त्यसैले यसपाली हामीले कर्मकाण्डी लगानी सम्मेलन गर्न खोजेका होइनौं। नतिजामूखी सम्मेलन आयोजना गर्न खोजेका छौं। लगानी सम्मेलनलाई केन्द्रमा राखेर कुन कुन नीति नियम सुधार गर्नु पर्ने हो ती सबैको समय सीमा तोकेर काम गर्न खोजेका छौं। यसले गर्दा लगानी सम्मेलनलाई मात्र नभइ दीर्घकालसम्म हामीलाई फाइदा गर्छ।

दक्षिण एसियामा लगानी गरिरहेका युरोप, अमेरिकालगायतकाहरुसँग हाम्रो कुराकानी हुन्छ। यसका लागि ती मुलुकमा रहेका हाम्रा कुटनीतिक नियोगहरुसँग सहकार्य गर्छौं। अनि निजी क्षेत्रसँग पनि सहकार्य गर्छौं। हामी सम्पर्कमा आएका र संभावित सबै लगानीकर्तासँग बिजिनेस डिल गर्छौं।

हामीसँग अहिले जग्गाको पनि समस्या छ। यहाँ उद्योगधन्दा लगानीका लागि जग्गा एकदमै महँगो पर्ने गरेको गुनासो आउन थालेको छ। जग्गा प्राप्तिमा पनि हामीले ठोस नीति नियम तर्जुमा गर्नु पर्ने हुन्छ। जग्गा, अन्य नीति नियम सबैलाई पुनरावलोकन गर्दै सुधार गर्नका लागि हामीले एउटा छुट्टै टोली बनाएर लाग्नुपर्छ। त्यो परिवर्तन हामी गर्छौं।त्यसैले नीति नियमलाई ब्यवहारिक र लगानीकर्तामैत्री बनाउन तथा सुधार थाल्न लगानी सम्मेलन हाम्रा लागि ठूलो अवसर हुनेछ। (अधिकारी लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृतसगको कुराकानीमा आधारित)

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा