• होमपेज
  • समाचार
  • आइएमइ लाइफ इन्स्योरेन्सद्वारा बिमा रकम हस्तान्तरण

आइएमइ लाइफ इन्स्योरेन्सद्वारा बिमा रकम हस्तान्तरण

  • आइतवार, पुस ८, २०७५
आइएमइ लाइफ इन्स्योरेन्सद्वारा बिमा रकम हस्तान्तरण

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ ।

गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाईकम्पनीले शनिबार रु १४ लाख बीमावापतको रकम उपलब्ध गराएको हो ।

इन्स्योरेन्स कम्पनीमा बीमा गरेको पाँच महीना नपुग्दै ज्यान गुमाएका सार्कीकी श्रीमती रामकुमारी सार्कीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको कम्पनीका दिक्तेल शाखा प्रमुख नारायण रिजालले बताउनुभयो । दिक्तेलस्थित त्रिवेणीचोकमा रहेको शाखा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले मृतकका श्रीमतीलाई चेक हस्तान्तरण गर्नुभयो ।

सार्कीलाई कम्पनीले क्षतिपूर्तिवापत रु ८० हजार उपलब्ध गराउने जानकारी दिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विगत १८ वर्षदेखि कतारलगायत विभिन्न देशमा कार्यरत सार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कम्पनीले जनाएको छ ।
उनका एक श्रीमती तथा दुई छोरा र तीन छोरी छन् । धन कमाउन विदेश गएका अभिभावकको विदेशमै ज्यान गएपछि परिवार शोकमा डुबेको छ ।

Facebook Comments

सम्बन्धित समाचार