• होमपेज
  • समाचार
  • सार्वजनिक यातायातका साधन सञ्चालन नहुँदा यात्रुलाई सास्ती

सार्वजनिक यातायातका साधन सञ्चालन नहुँदा यात्रुलाई सास्ती

  • सोमवार, कार्तिक ५, २०७५
सार्वजनिक यातायातका साधन सञ्चालन नहुँदा यात्रुलाई सास्ती

दशँै पर्वको समयमा बन्द भएका सार्वजनिक यातायातको साधन अझै निर्वाधरुपमा सञ्चालन नहँुदा नुवाकोटका यात्रुले कठिनाइ भोगेका छन् ।

फूलपातीको दिनदेखि बन्द भएका सार्वजनिक यातायातको टिकट काउन्टर सञ्चालन नहुँदा यात्रुले तोकिएकोभन्दा बढी भाडा र क्षमताभन्दा बढी यात्रु भएर यात्रा गर्न बाध्य भएका हुन् ।

यातायात व्यवसायीले दशैँ पर्वमा पर्याप्त सङ्ख्यामा गाडी सञ्चालनमा रहेको दाबी गरे पनि यात्रुको सङ्ख्यामा वृद्धि र गाडी नियमितभन्दा निकै कम सञ्चालन भएको जिल्ला प्रहरी प्रमुख (एसपी) वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार बन्द रहेका टिकट काउन्टर अझै सञ्चालन नहुँदा जिल्लामा सञ्चालित नियमित गाडी निकै कम चलेको र ती गाडीले तोकिएको भन्दा बढी यात्रु बोक्ने र बढी भाडा असुल गरेको सूचनाको आधारमा आइतबार एकैदिन २४९ सवारी साधन कारवाहीमा परेका छन् ।

ती सवारीबाट रु एक लाख ८१ हजार ५०० राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । सामान्य समयको भन्दा निकै कम सङ्ख्यामा गाडी चलेको अवस्थामा राजश्व सङ्कलन भने धेरै गुणा बढी भएको उहाँको भनाइ छ ।

दशैँको समयमा यात्रुको सङ्ख्या वृद्धि हुने भएकाले यातायात व्यवसायीसँग समन्वय गरी पर्याप्त सङ्ख्यामा गाडी सञ्चालन गराउन प्रशासनले पहल नगर्दा यात्रुले क्षमताभन्दा बढी यात्रु भएर आवतजावत गर्न र बढी भाडा तिर्न बाध्य भएको बेलकोटगढी नपा–६ का नवराज पनेरुले गुनासो गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा