सनराइज बैंक लिमिटेडले ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले बझाङको चैनपुर र जुम्लामा शाखा विस्तार गरेको छ ।
शुक्रबार आयोजित छुटाछुटै आंैपचारिक कार्यक्रमबीच चैनपुर र जुम्ला शाखाको उद्घाटन गरिएको बैंकले जनाएको छ । योसमेत गरी बैंकको शाखा सङ्ख्या ९७ पुगेको छ ।
बैंकले नेपालभर ११० एटिएम, चार एक्सटेन्सन काउन्टर तथा विभिन्न स्थानमा २४ शाखारहित बैंकिङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
यसैगरी सम्भावित अरू क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।