• होमपेज
  • अर्थ/वाणिज्य
  • महालक्ष्मी विकास बैँकको १७ औँ साधारणसभा सम्पन्न

महालक्ष्मी विकास बैँकको १७ औँ साधारणसभा सम्पन्न

  • शुक्रबार, अशोज २६, २०७५
महालक्ष्मी विकास बैँकको १७ औँ साधारणसभा सम्पन्न

यस महालक्ष्मी विकास बैंक लि. ले आफ्नो १७ औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
उक्त साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट ७% नगद लाभांश र ८% का दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

साथै लेखापरीक्षकको नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी साधारणसभाले उल्लिखित प्रस्ताव पारित समेत गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ७७ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ९० हजार भन्दा बढी रहेको छ ।

बैंकले हालसम्म करिब रु. २६ अर्ब ३२ करोड निक्षेप संकलन गरी रु. २२ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार