• होमपेज
  • समाचार
  • माछापुच्छ्रे बैंकको सुपर एजेण्ट जीएमई रेमिट नियुक्त

माछापुच्छ्रे बैंकको सुपर एजेण्ट जीएमई रेमिट नियुक्त

  • आइतवार, साउन २७, २०७५
माछापुच्छ्रे बैंकको सुपर एजेण्ट जीएमई रेमिट नियुक्त

माछापुच्छ्रे बैंकले जीएमई रेमिट प्रालिलाई आफ्नो सुपर एजेण्टको रुपमा नियुक्त गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जीएमई रेमिट प्रालिका तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडलले हस्ताक्षर गरे ।

सम्झौता पश्चात एमबिएल रेमिटको भुक्तानी जीएमईका सात हजारभन्दा बढी एजेण्टहरुबाट हुने भएको छ । साथमा जीएमईको भुक्तानी पनि माछापुच्छ्रे बैंकका सबै शाखाहरुबाट हुने भएको छ ।

यो सम्झौतासँगै दक्षिण कोरिया, यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन् र एमबिएल रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु तथा जीएमईका एजेण्टहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी  जम्मा ११० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा  प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि