• होमपेज
  • फिचर
  • टोखालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जोड

टोखालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जोड

  • आइतवार, साउन २७, २०७५
टोखालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जोड

ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको टोखालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास सरकारका वरिष्ठमन्त्री, संस्कृतिविद् र जनप्रतिनिधिले जोड दिनुभएको छ ।

टोखा संस्कृति सम्पदा संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको ‘संस्कृतिविद् एवं वाङ्मय शताब्दीपुरुषको अभिनन्दन तथा सांस्कृतिक संरक्षित क्षेत्र टोखाको कार्ययोजनापत्र सार्वजनिक कार्यक्रम’मा उपप्रधानमन्त्री ईश्वर पोखरेलले टोखाको विकासमा सबै एकजुट हुनुपर्ने बताउनुभयो । “निर्वाचनको बेलामा राजनीतिक गरौँ, संस्कृति संरक्षण र टोखाको समग्र विकासका लागि एकजुट बनौँ,”,उहाँले भन्नुभयो ।

सोही क्षेत्रका सांसदसमेत रहनुभएका रक्षामन्त्री पोखरेलले टोखाको समग्र विकासका लागि एकीकृत योजना आवश्यक रहेको बताउनुभयो । “टोखाको विकासका लागि एकीकृत योजना प्रस्तावका रुपमा ल्याउनुहोस्, उक्त योजनाको सम्बोधनको बाटोमा म लाग्नेछु,”, उहाँले भन्नुभयो । टोखामा पूर्खाले बनाएको इतिहासको रक्षा गर्दै हामीले भविष्यका सन्ततिका लागि गर्व हुने काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
अभिनन्दित शताब्दी पुरुष जोशीले टोखा संस्कृतिको संरक्षण गर्दै पर्यटनको विकास गर्ने उत्तम थलोका रुपमा रहेको बताउनुभयो । “उपत्यकाको संस्कृति सम्पदाको विकासमा टोखाले महत्वपूर्ण भूमिका खेलेको छ,”, उहाँले भन्नुभयो ।

उहाँले मेचीदेखि महाकालीसम्मका सांस्कृतिक विविधतालाई एकतामा रुपान्तरण गर्न सके संस्कृतिको विकास र विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, “मैले पाएको सम्मान नेपालको संस्कृति र मौलिक कलाको विकासका निम्ति हो ।”

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको विकासका लागि नगरपालिकाले विभिन्न योजना बनाएर अगाडि बढेको उल्लेख गर्नुभयो । विसं २०७५ असार १० मा नगरपालिकाको नीति तथा कार्यक्रममा टोखालाई सांस्कृतिक संरक्षण क्षेत्र घोषणा गरिएको बताउँदै यसलाई नमूना नगरपालिका बनाउन सहकार्यको खाँचो औँल्याउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले टोखाभित्रका तलेजु, मुस्कानेश्वर महादेव र नारायण मन्दिरको पुनःनिर्माणका लागि विभागले सहयोग गरिसकेको बताउँदै अन्य पुरातात्विक सम्पदाको पुनःनिर्माणमा पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मञ्चका अध्यक्ष मनिराज डङ्गोल, टोखा–२ का वडाध्यक्ष दीपकराज जोशी, समाजसेवी हीराकाजी महर्जनलगायतले टोखाको महत्व सरकारले बुझ्न नसक्दा अरु क्षेत्रको तुलनामा पछाडि परेको बताउनुभयो ।

सोअवसरमा टोखा क्षेत्रको संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरिएको थियो । पुरातात्विक महत्वले धेरै पुरानो रहेको टोखा चाकुका लागि प्रख्यात क्षेत्र हो । यहाँ पिगंण धः, नारायण मन्दिर, शिलास्तम्भ, गणेश मन्दिर, भीमसेन मन्दिर, सङ्कटा माई, चण्डेश्वरी मन्दिर, माथेश्वर मन्दिरलगायत पुराना मठमन्दिर छन् ।

यस्तै कुमारी घर र विभिन्न समयमा मनाइने जात्राले पनि टोखा सांस्कृतिक रुपमा धनी मानिन्छ । बूढानीलकण्ठ नजीक धोबीखोलामा फेला परेको ३० हजार वर्ष पुरानो पाषाण उपकरणले पनि टोखा वरिपरिको क्षेत्रमा प्राचीन कालदेखि नै मानवबस्ती भएको अनुमान गर्न सकिन्छ । शिवदेव र अंशुवर्माको संयुक्त शासनकालमा जारी गरिएको संवत् ५१९ को शिला अभिलेखानुसार त्यतिबेला मानव बसोबासस्थल र मानवजीविकोपार्जनका लागि अत्यावश्यक कुलो र सुरक्षाचौकीसमेत व्यवस्था गरिएको उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)