८३ करोड कर्जा अलपत्र

  • शुक्रबार, साउन २५, २०७५
८३ करोड कर्जा अलपत्र

सुन्दा पनि अचम्म लाग्ने र हेर्दा पनि घीन लाग्ने एकपछि अर्को काण्ड एनबि बैंकमा घटिरहेका छन् । विवादास्पद सीइओ ज्ञानेन्द्र ढुंगाना एनबि बैंक पुगेपछि चर्को कमिशन लिएर दिएका करोडौंका ठूला कर्जा अझै उठेको छैन भन्दा पत्यार नलाग्ला ।

तर यो सत्य हो । कर्जा नउठेपछि एनबि बैंकका सीइओ ढुंगाना कर्जा असुली न्यायाधीकरणको शरण लिन पुगेका छन् । करिब १० वर्ष एनबि बैंकमा एक छत्र राज गरेका ढुंगाना अर्बपति बने, तर बैंक दिन प्रतिदिन तहसनहस बन्दै गएको प्रमाण हामीले फेला पारेका छौं ।

बंगाली सञ्चालकहरूलाई देखाएर कर्जाका ग्राहकलाई धम्क्याउँदै केही कर्जा उठाए पनि उनले नै कमिशन लिएर दिएका करिब ८३ करोड कर्जा अझै अलपत्र छन् । बैंकको राइट र बोनस शेयरको सूचना चुहाएर लगानीकर्ताबाट लाखौं कमाएका सीइओ ढुङ्गानाको विवादास्पद अभिव्यक्तिले बेलाबखत नेपाली अर्थतन्त्रमा तरङ्ग नै ल्याउने गरेको छ ।

नेपाल बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नै सीइओ रहेको नेपाल बंगलादेश बैंक लिमिटेडभित्र ८३ करोड ७३ लाख ५२ हजार खराब कर्जामा परिणत भएको भेटिएको हो । कमशल धितो लिई दिएको यत्रो ठूलो जनताको पैसा नउठेको र धितो बिक्री गर्दा पनि नपुग्ने देखिएपछि एनबि बैंकका सीइओ ढुंगाना कर्जा उठाइदिन भन्दै कर्जा असुली न्यायाधीकरण पुगेका हुन् ।

बैंकले न्यायाधीकरणमा दिएको कर्जा असुली मुद्दाको प्रकृति हेर्दा बैंकको अवस्था डरलाग्दो देखिन्छ । विगत एक दशकदेखि ढुंगाना एनबि बैंकको सीइओ छन् । एनबि बैंकमा यो उनको तेश्रो कार्यकाल हो । ठूला कुरा गर्ने, तर बैंकको कर्जा उठाउन पहल नगर्ने सीइओ ढुंगानाकै कारण एनबि बैंक डुब्ने खतरा बढेको छ ।

जीत र लक्ष्मी बहादुर श्रेष्ठलाई सडकमा पु¥याएर बंगालीलाई खुशी पार्दै तेश्रो पटक सीइओको कार्यकाल थप्न सफल ढुंगाना अहिले विवादमा फसेका छन् ।  बैंकमा जनताको डिपोजिटबाट जम्मा भएको ८३ करोड पैसा नउठेपछि बैंकको नाफा घट्नुका साथै बैंकमा फेरि राष्ट्र बैंकले हस्तक्षेप गर्ने हो कि भन्ने सर्वत्र चर्चा बढेको छ ।

स्थानीय तहमा गत असार मसान्तभित्रै पुग्नुपर्ने भएता पनि एनबि बैंक कुनै स्थानीय तहमा अझै पुगेको छैन । २ वर्ष अगाडि यो–यो ठाउँमा जान्छौं भनी ढुंगानाले राष्ट्र बैंकमा पठाएको शाखाको लिष्ट हेर्ने हो भने उसले दुर्गम स्थानीय तहमा १५ ठाउँ रोजेको छ । तर ऊ गएको छैन । कारण हो ढुंगानालाई राष्ट्र बैंकका कांग्रेसी गर्भनर डा. चिरनजीवी नेपालको आर्शिवाद छ । उनलाई सबै गर्न छुट छ । उनका दाई कांग्रेसको जिल्ला सभापति हुन् ।

अर्को कुरा ज्ञानेन्द्र ढुंगाना हाल बैंकर संघका सर्वमान्य नेता अध्यक्ष हुन् । उनलाई कुनै राष्ट्र बैंकको निर्देशन लाग्दैन । स्थानीय तहमा बैंक पुर्याउने समयसीमा २०७४ असार मसान्तमा सकिएको छ । एनबि बैंक कुनै दुर्गम स्थानीय तहमा पुगेको छैन । निरीह गर्भनर डा. नेपाल चुपचाप छन् । कारण हो कांग्रसी बैंकर ढुंगाना ।

विगत लामो समय एनबि बैंक हाँकेका ज्ञानेन्द्र ढुंगानाले दिएकै अधिकांश कर्जा नउठेपछि उनले कर्जा प्रवाह गर्दा अधिक चलखेल गरेको प्रस्टै देखिन्छ । एनबि बैंकमा ५२ प्रतिशत शेयर रहेको बंगालीहरूलाई खुशी बनाउने र आफ्नो कुर्सी सधैं बचाउने विवादास्पद बैंकर ढुंगानाकै कारण बैंकहरूबीच विगतमा ब्याजदर विवाद भएको थियो ।

उनी आफ्नो बैंकभित्रका दर्जनौ काण्ड मिलाउन असफल छन् । बैंक युनियनका मुद्दा अझै फैसला भएका छैनन् । तर उनी अरू बैंकका घोटला, काण्ड राष्ट्र बैंकमा मिलाउन राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई भोजपार्टी गर्दै हिँडेको भेटिएको छ ।

ढुंगानाको राज कहिलेसम्म चल्ने हो त्यो समयले नै बताउला, तर निरीह गर्भनर डा. नेपालको शैलीकै कारण बैंकहरू स्थानीय तहमा नपुगेको एक डिपुटी गर्भनरले बताए । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार