• होमपेज
  • विकास
  • नेपाल सबैभन्दा बढी लगानी गर्ने मुलुक चीन

नेपाल सबैभन्दा बढी लगानी गर्ने मुलुक चीन

  • शुक्रबार, साउन २५, २०७५
नेपाल सबैभन्दा बढी लगानी गर्ने मुलुक चीन

नेपालको औधोगिक क्षेत्र अर्थात् उधोगमा ५५ अर्बको वैदेशिक लगानी भित्रिएको छ । उधोग विभागका तथ्याकं अनुसार असारसम्मको समयमा सबैभन्दा बढी लगानी गर्ने विदेशी मुलुकमा चीन रहेको छ । उसले आर्थिक वर्ष २०७४—७५ असार सम्मको समयमा १६० वटा उधोग दर्ता गरेको छ जसको कुल लगानी भनेको ४६ अर्ब ५० करोड ६ लाख रहेको छ ।

चीनले यो वर्षको सुरुवाती समयमा गत आर्थिक वर्षभन्दा करिब ४० अर्बभन्दा बढी रकम नेपालमा लगानी गरेको हो । चीनले गत आर्थिक वर्ष ६ अर्ब ३२ करोड ६ लाख लगानी गरेको थियो ।

यस्तै नेपालका लागि दोस्रो ठूलो लगानीकर्ता भनेको भारत रहेको छ । उसले ५३ वटा उधोग दर्ता गर्दै ५ अर्ब ९८ करोड लगानी गरेको छ । लगानीको तेस्रो स्थानमा भने अमेरिका रहेको छ उसले ३५ वटा उधोगमा १ अर्ब ८८ करोड लगानी गरेको छ ।

उद्योग विभागका निर्देशक प्रशान्त बोहराले भने नेपालमा विदेशी लगानी बढ्नु मुलुक र जनताको लागि अनुकुल रहेको भन्दै विदेशी लगानी बढ्नुमा सरकारले आर्थिक विकासको मुख्य एजेन्डाबनाई वैदेशिक लगानी भित्राउनु खोज्नु रहेको बताए ।

हाल मुलुकमा स्थायी सरकार , बिजुली सडक लगायत भौतिक संरचनाको सुविधा हुनुले पनि औधोगिक वातावरण बनेको हुदाँ विदेशी लगानीकर्ताको रुचि देखिएको निर्देशक बोहोराको भनाई छ ।

असारसम्मको तथ्याकं हेर्दा नेपालमा लगानी गर्न जापान, दक्षिण तथा उत्तर कोरियाल फ्रान्स लगायत कुल ४५ मुलुकले उधोग सञ्चालनको लागि स्वीकृति लिई सकेको विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो समय नेपालीमा लगानी गर्न चाहना विदेशी राष्ट्रको संख्या बढ्दै गएको जनाएको छ ।

हाल विदेशी लगानीकर्ताको आकर्षक क्षेत्र भने उर्जा क्षेत्र रहेको छ भने सेवा क्षेत्र भने खुम्चिएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षमा उर्जा क्षेत्रमा ३६ अर्ब २५ करोड १ लाख रुपियाँ बराबरको उधोग र ६ अर्ब ५७ करोड २ लाख रुपैयाँ बराबरको म्यानुफ्याक्चरिङ उद्योग दर्ता भएको छ ।
अन्य उधोगहरुमा भने उत्पादन, पर्यटन र सेवा क्षेत्रका दर्ता भएका छन् ।

यता सेवा क्षेत्रमा वैदेशिक लगानी खुम्चिएको छ । गत वर्ष ४ अर्ब ९९ करोड ८ लाख रुपियाँ लगानीको उद्योग दर्ता भएकोमा यस वर्ष खुम्चिएको छ । यस वर्ष २ अर्ब १७ करोड ३ लाख रुपियाँ बराबरको मात्र उद्योग दर्ता भएको छ । दर्ता भएका वैदेशिक लगानीको उद्योगमा १३ हजार ८ सय ९९ जनाले रोजगारी पाउनेछन् । जसमध्ये सबैभन्दा बढी चीनियाँ लगानी रहेको उधोगमा ६ हजार ३ सय ६९ जनाले रोजगार पाउनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा