• होमपेज
  • अर्थ/वाणिज्य
  • जनता बैंकले सुरु गर्यो अन्तराष्ट्रिय रेमिट्यान्स सेवा

जनता बैंकले सुरु गर्यो अन्तराष्ट्रिय रेमिट्यान्स सेवा

  • शुक्रबार, साउन २५, २०७५
जनता बैंकले सुरु गर्यो अन्तराष्ट्रिय रेमिट्यान्स सेवा

जनता बैंक नेपाल लिमिटेडले इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’मार्फत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनतालाई सहज आन्तरिक रेमिट्यान्स सेवा पुर्याउँदै आएकोमा अबदेखि विदेशमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् ।

बेक्स मनी बहराइन एक्स्प्रेस एक्स्चेन्ज, बहराइन र जनता बैंक नेपाल लिमिटेडबिच हालै भएको सम्झौताअनुसार अब बहराइनमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् । खाताबाट कारोबार गर्नको लागि बेक्स मनी बहराइनमा रहेको कुनै पनि शाखामा सम्पर्क गरीे जनता बैंकमा खाता खोल्न र चेक बुक तथा एटिएम कार्ड प्राप्त गरी करोबार गर्न सक्नेछन् ।

बहराइनबाट जनता रेमिटमार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२१शाखाको अतिरिक्तकरिव १६ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानीलिन सक्नेछन् । जनता रेमिट सेवा निकट भविष्यमै भारत, मलेशिया, जापान, कुवेत, कतार, ओमान र यूएई बाट समेत सुरु गरिनेछ ।

जनता बैंकले देश भरीमा १२१ शाखा सञ्जाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट सरल र सहज रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको  छ ।  बैंकको हाल रु. ५९ अर्ब ३१ करोड निक्षेप र रु. ५४ अर्ब ४४ करोड कर्जा कारोवार रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार