• होमपेज
  • समाचार
  • १६ करोड मूल्य बराबरको रुवीसहित एक पक्राउ

१६ करोड मूल्य बराबरको रुवीसहित एक पक्राउ

  • सोमवार, साउन २१, २०७५
१६ करोड मूल्य बराबरको रुवीसहित एक पक्राउ

महानगरीय प्रहरी वृत्त दरबारमार्गले दुई किलोग्राम रुवीसहित एक जनालाई पक्राउ गरेको छ । बहुमूल्य धातु रुवी अवैध रुपमा सञ्चय गरी बिक्री वितरण गरिरहेको अवस्थामा वृत्तको टोलीले ललितपुरका ४८ वर्षीय दीपक सिजापतिलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले उपत्यकाका विभिन्न स्थानमा रुवी बिक्री–वितरण तथा ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रुवीसहित सिजापतिलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उक्त रुवीको बजार मूल्य रु १६ करोड रहेको जनाएको छ ।

यस्तै, वृत्तले रु १२ लाख ७० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले भारत सरकारले बन्देज गरेको एक हजार र ५०० दरका भारतीय रकमसहित काठमाडौँका ५३ वर्षीय राजेन्द्र श्रेष्ठ र कास्कीका ४३ वर्षीय सुरज मल्ललाई आइतबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले एक हजारका ९६० नोट र ५०० का ३१० नोट बरामद गरेको छ ।

अवैध यौन व्यवसाय सञ्चालन गर्ने दुई पक्राउ

महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले पैसाको प्रलोभन देखाई परपुरुषसँग यौन धन्दा चलाउँदै आएका दुई महिलालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले कामनपा–२ लाजिम्पाटमा पैसाको प्रलोभन देखाई परपुरुषसँग जबर्जस्ती यौन सम्पर्क गर्न लगाउने ललितपुरकी २८ वर्षीय प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षीय मन्दिरा तामाङलाई आइतबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख दानबहादुर मल्लले पक्राउ परेका महिलालाई मानव बेचबिखन ऐनअन्तर्गत कसुरमा काठमाडौँ जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा