• होमपेज
  • समाचार
  • प्रदेश दुग्ध विकास बोर्ड स्थापना विधेयक पारित

प्रदेश दुग्ध विकास बोर्ड स्थापना विधेयक पारित

  • सोमवार, साउन २१, २०७५
प्रदेश दुग्ध विकास बोर्ड स्थापना विधेयक पारित

गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । ‘विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस्’ भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले गर्नुभएको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो ।यसअघि विधेयक माथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले बोर्डको आवश्यकतालगायत विषयमा आ–आफ्ना धारण राख्नुभएको थियो ।

सदस्य इन्द्रलाल सापकोटाले यो प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य पूरा गर्न बोर्डको स्थापना महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो । अर्का सदस्य ओमकला गौतमले बोर्डको स्थापनामा उपाध्यक्ष जस्तो गरिमामय पदमा नागरिकता, उमेर, शैक्षिक योग्यता जस्ता विषय उल्लेख नगरिनुले बोर्डको गरिमा कायम नरहने बताउँदै शैक्षिक योग्यता निर्धारण गर्न माग गर्नुभयो ।

त्यस्तै सदस्य पियारी थापाले कृषकको आर्थिक समृद्धिको पाटोसँग बोर्ड जोडिएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

छलफलमा सदस्य दीपक थापा, दोबाटे विश्वकर्मा लगायतले भाग लिनुभयो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री थापाले कृषिलाई आर्थिक समृद्धिसँग जोड्ने सरकारको लक्ष्यअनुरुप दूधमा यो प्रदेशलाई आत्मनिर्भर बनाउने सोचका साथ बोर्ड स्थापना गरिन लागिएको जानकारी दिनुभयो ।

आजकै बैठकको शून्य तथा विशेष समयमा सदस्यले सार्वजनिक सरोकारका विभिन्न विषयमा सरकार एवम् प्रदेशसभाको ध्यानाकर्षण गराउनुभयो ।

शून्य समयमा सदस्य कृष्णचन्द्र नेपालीले नवलपरासीको पुरातात्विक महत्वका मणिमुकुन्द सेन र नजिकै रहेको कैलाश आश्रमको संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य कृष्णबहादुर थापाले पोखरा महानगरपालिका–१७ र २१ जोड्ने दोभिल्ला पुल जोखिममा परेको हुँदा यसको तत्काल संरक्षण गर्नुपर्ने माग गर्नुभयो ।

यसैगरी विशेष समयमा सदस्य कृष्ण थापाले मनाङ (ख) बाट प्रदेशसभामा प्रतिनिधित्व नभएको भन्दै उक्त ठाउँलाई जनप्रतिनिधिमूलक बनाउन माग गर्नुभयो ।उक्त क्षेत्रबाट निर्वाचत सदस्यलाई फौजदारी अभियोग मुद्दामा कारवाही गरिसकेपछि रिक्त पद राख्न नहुने उहाँले बताउनुभयो ।

अर्का सदस्य मेखलाल श्रेष्ठले स्थानीय तहमा कर वृद्धि गरिएका कारण जनता मारमा परेको उल्लेख गर्दै जनतालाई जथाभावी कर नथोपर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा सदस्य धनमाया पोखरेल लामा र कोपिला बोहोराले बाढी पहिरोका समस्या लगायतका विषयमा प्रदेशसभा एवम् सरकारको ध्यानकर्षण गराउनुभयो । अर्को बैठक यही साउन २७ गते अपराह्न १ बजे बस्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि