• होमपेज
  • पर्यटन
  • बोलबम पर्यटकीय स्थलका रुपमा विकसित हुँदै सुन्दरीजल

बोलबम पर्यटकीय स्थलका रुपमा विकसित हुँदै सुन्दरीजल

  • सोमवार, साउन २१, २०७५
बोलबम पर्यटकीय स्थलका रुपमा विकसित हुँदै सुन्दरीजल

उपत्यकाको सभ्यताको स्रोत वाग्मतीको मुहान क्षेत्र सुन्दरीजल बोलबम पर्यटकीय स्थलका रुपमा विकसित भएको छ । प्रत्येक वर्ष साउनमा सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथ मन्दिरमा चढाउन भक्तजनको भीड लाग्ने गर्दछ । साउन महिना र सोमबार भगवान् शिवको महिना एवम् बार भएकाले यस दिन शुद्ध जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

भोलेनाथ काँवरिया संघको आयोजनामा आइतबार बेलुकी नै सुन्दरीजल पुगेका भक्तजन बिहानै लौरो (काँवर) को दुईतिर जल लिएर पशुपति आएका थिए । खाली गोडा पैदलबाट ११ किमीको दूरी पार गरेर पशुपतिनाथ मन्दिरमा आएका बोलबम यात्रीले जल चढाए । पहेँलो वस्त्र लगाएका भक्तजनले सडकमा ठूलो आवाजमा बोलबम भनी यात्रा गरेका थिए ।

यात्रीलाई ठाउँठाउँमा स्वागत गर्ने समूह पनि थिए । दुई दशक अघि यो मार्गमा बोल बम यात्रा शुरु हुँदा तराईका नागरिकमात्र सहभागी हुने गरेकामा अहिले पहाडी र हिमाली जिल्लाका नागरिकको पनि भीड लाग्न थालेको छ । पाँच लाख बढी भक्तजनले आजै सुन्दरीजलबाट जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गरेको बोलबम मेला व्यवस्थापन समितिका सचिव श्रीहरि पोखरेलले बताउनुभयो ।

पशुपतिमा भीड 
साउनको तेस्रो सोमबार आज पनि बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उमाकुण्ड, मित्रपार्क, जयवागेश्वरी र पिंगलास्थानमा लामबद्ध भई भक्तजन पशुपति मन्दिर प्रवेश गरेका थिए ।

बिहानै र दिउँसो ३ बजे वर्षाले भक्तजनलाई लामबाट मन्दिर प्रवेशमा अवरोध गरेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । बेलुकी ५ बजेसम्म तीन लाख बढी भक्तजनले मूल मन्दिर प्रवेश गरेर पूजा एवम् दर्शन गरेको उहाँले सुनाउनुभयो । बेलुकी ९ बजेसम्म मन्दिरका चारैढोका दर्शनार्थीका लागि खोलिने भएको छ । भक्तजनले भने साउन महिनामै पशुपति क्षेत्रमा सडक भत्काएर निर्माण शुरु गरेकाले मन्दिर प्रवेश गर्न समस्या भएको गुनासो गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने