• होमपेज
  • प्रविधि
  • धुलिखेल नगरपालिकाको मोबाइल एप्लिकेशन शुरु

धुलिखेल नगरपालिकाको मोबाइल एप्लिकेशन शुरु

  • शुक्रबार, साउन १८, २०७५
धुलिखेल नगरपालिकाको मोबाइल एप्लिकेशन शुरु

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजबाट मोबाइल एप्लिकेशन शुरु गरेको छ । देशभरिमा नै पहिलो पटक प्रयोगमा ल्याएको मोबाइल एप्लिकेशन धुलिखेल नगरपालिकाबाट शुरु भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा मोबाइल एप्लिकेशन तयार गरी प्रयोगमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिनुभयो ।

यो स्थानीय तहका लागि बनाएको साझा मोबाइल एप्स हो । जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आज आयोजित सूचना प्रविधिसम्बन्धीको बृहत् गोष्ठीको आयोजनासँगै शुभारम्भ गर्नुभएको हो ।

एन्ड्रोइट मोबाइलमा सञ्चालन हुने सो एप्लिकेशन प्रविधिको प्रयोग गर्न जान्नेका लागि नगरपालिकाले गरेका विभिन्न जानकारी र सेवामूलक सूचना आदानप्रदान गर्ने माध्यमका रुपमा प्रयोगमा ल्याएको बरालले बताउनुभयो ।

एप्लिकेशनमार्फत जनप्रतिनिधि तथा कर्मचारीको सम्पर्क नम्बर, योजना तथा कार्यक्रम, दर्ता, गुनासा र सुझावलगायतका कामको लागि सूचना जानकारी गराउन सकिने सुविधा उपलब्ध गराएको छ । त्यसको अपनत्व र सुरक्षा नगरपालिकाले आफैँले लिन सक्ने गरी प्रयोगमा ल्याएको उक्त एप्समा आपत्कालीन अवस्थामा फोन गर्न आवश्यक नम्बर, पूर्वाधारको जानकारी, पर्यटकीय क्षेत्र, स्मारक र मठमन्दिरको जानकारी राखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बरालका अनुसार विशेष गरी नयाँ पुस्ताका युवा सरकारी कामकाजमा त्यतिधेरै जानकारीमा नहुने र सरकारी पद्धति असाध्यै झन्झटिलो र बोझिलो महसुस गर्ने र पहुँचभन्दा बाहिर छन् भनेर बुझेको मानसिकता भएका कारण त्यसलाई तोड्नका लागि सो एप्लिकेशनले उपयुक्त हुने अपेक्षा लिएको छ ।

युवापुस्तालाई त्यसको भरपुर उपयोग गर्न नगरपालिकाको आग्रह गरेको छ । प्रविधिको उपयोग गर्न ज्ञानको कमीका कारण सबैले उपयोग गर्न नसकेपनि एक घर एक जनासम्मले भए पनि उक्त प्रविधिको प्रयोग गर्ने अपेक्षा लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि