• होमपेज
  • समाचार
  • प्रभु इन्स्योरेन्सले थप सात शाखा विस्तार गर्ने

प्रभु इन्स्योरेन्सले थप सात शाखा विस्तार गर्ने

  • शुक्रबार, साउन १८, २०७५
प्रभु इन्स्योरेन्सले थप सात शाखा विस्तार गर्ने

प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २२ औं वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईँले निर्जीबन बीमा कम्पनीहरु मध्ये प्रभु इन्स्योरेन्सको व्यवसाय औषत भएतापनि दावी भुक्तानी न्यून र अन्य परिसुचकहरु धेरै राम्रो रहेको बताए ।

सोहि कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले बीमा कम्पनीको सुपरिवेक्षण तथा अनुगमन गर्ने जिम्मेवारी बीमा समितिको रहेको बताए । उनले सुपरिवक्षण तथा नियमनको कारण कम्पनीहरुको सुशासन राम्रो हुँदै गएको र गत आर्थिक वर्षमा निर्जीवन बीमा व्यवसायमा १७ प्रतिशत बृद्धि हुन सफल भएको जानकारी दिए ।

साथै बीमा कम्पनीको पूँजी बृद्धिको लागि ३÷३ महिना मात्र समय थप हुन सक्ने बताउनु हुंदै तोकिएको समय भित्रमा पुँजी बृद्धि गर्न समेत उनले आग्रह गरे । बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता तथा सर्भेयरको बृतीबिकासको लागि बीमा तालिम केन्द्र स्थापना गरिएको जानकारी दिँदै उनले आगामी दिनमा कम्पनीको शाखा बिस्तार गरि व्यवसाय दायरा बढाउन सुझाव दिए ।

कम्पनीकी अध्यक्ष कुसुम लामाले बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्वन्धी निर्देशिका बीमा कम्पनीहरुको हितमा रहेको र समितिको सहि मार्गनिर्देशनले कम्पनीको व्यवशाय बृद्धि हुने बताउँदै बीमा तालिम केन्द्रको स्थापनाले बीमा क्षेत्रमा दक्ष जनशक्ति विकास हुने बताइन् । बीमा समितिको निर्देशन अनुसार चुक्ता पुँजी बृद्धिको लागि हकप्रद सेयर निष्काशन भईसकेको र केही दिनमै हकप्रद सेयरको बाँडफाँड पश्चात तोकिएको चुक्ता पुँजी पुग्ने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा व्यवसाय बृद्धि राम्रोे रहेको बताउँदै ग्राहकवर्गको सुविधाको लागि आप्mना बीमितहरुलाई राजमार्गहरुमा सवारी साधन बिग्रिएको अवस्थामा मर्मतको लागि वर्कशपहरुसँग सम्झौता गरिसकिएको र मेडिकल बीमाको लागि नगद रहित सेवा सञ्चालनको लागि अस्पतालहरुसँग सहकार्य गरिएको जानकारी दिए । आगामी दिनमा थप शाखा सञ्जाल बिस्तार गर्दै लगिने उनले बताए ।

हाल यस कम्पनीले केन्द्रीय कार्यालय सहित ३५ शाखा तथा उपशाखाबाट सेवा प्रदान गरिरहेको र निकट भविष्यमै थप ७ शाखा तथा उपशाखा संचालनको तयारीमा रहनुका साथै थप शाखा कार्यालय स्थापनाको लागि आवश्यक क्षेत्रको पहिचान भईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार