• होमपेज
  • समाचार
  • कर फिर्ता लिने वीरगञ्ज महानगरपालिको निर्णय

कर फिर्ता लिने वीरगञ्ज महानगरपालिको निर्णय

  • बुधबार, साउन १६, २०७५
कर फिर्ता लिने वीरगञ्ज महानगरपालिको निर्णय

वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५र७६ का लागि निर्धारण गरेको करको नयाँ दरलाई फिर्ता लिने निर्णय गरेको छ । वृद्धि गरिएको करको नयाँ दरको चौतर्फी विरोध भएपछि महानगरपालिकाले त्यसलाई फिर्ता लिने निर्णय गरेको हो ।
वीरगञ्ज महानगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले करको नयाँ दर फिर्ता तथा स्थगन गरिएको जानकारी दिएका हुन् ।

उनले पेट्रोलिय पदार्थमा लगाइएको कर, घरजग्गा तथा एकीकृत सम्पत्ति कर, पटके सवारी कर, उत्पादन कर, व्यापार कर, कबाडी कर, कुखुरामा कायम गरिएको करलाई स्थगन गरी पुरानै दर कायम गर्ने तयारीमा महानगरपालिका रहेको जानकारी दिए ।

प्रमुख सरावगीले महानगरपालिकाले हालसम्म शिक्षा र आर्थिकलगायत ११ वटा ऐन पारित गरेको जानकारी पनि दिए ।
महानगरपालिकाले चालू आवका लागि निर्धारण गरेको करको नयाँ दरको विरोधमा वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा तीन दर्जनभन्दा बढी संघसंस्था र विभिन्न राजनीतिक दल सडकमै उत्रिएपछि वृद्धि गरिएको करलाई महानगरपालिकाले फिर्ता लिने निष्कर्षमा पुगेको हो ।

Facebook Comments

सम्बन्धित समाचार