• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआईसी एशियाको नाफा डेढ अर्ब माथि

एनआईसी एशियाको नाफा डेढ अर्ब माथि

  • मङ्लबार, साउन १५, २०७५
एनआईसी एशियाको नाफा डेढ अर्ब माथि

एनआईसी एशिया बैंक लिमिटेड नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण प्रकाशित गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले गत आर्थिक वर्ष एक अर्ब ५२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको विवरण प्रकाशित गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा आठ करोड १५ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा एनआईसी एशिया बैंकले एक अर्ब ४३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

१५ प्रतिशत हकप्रद शेयर र २० प्रतिशत बोनस शेयरबाट ८ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको एनआईसीले जगेडाकोषमा ४ अर्ब १९ करोड २८ लाख रुपैयाँ राखेको छ । एनआईसी एशिया बैंकले यस अवधिमा एक खर्ब ५१ अर्ब निक्षेप संकलन गरेर एक खर्ब २१ अर्ब कर्जा लगानी गरेको छ ।

बैंकले ब्याजबाटै १३ अर्ब २९ करोड आम्दानी गरेको छ भने ब्याज खर्च मात्रै ९ अर्ब ३३ करोड गरेको छ । जसबाट बैंकले ३ अर्ब ९६ करोड खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै बैंकले दुई अर्ब २५ करोड ६७ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ०६ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १२ दशमलव ५४ प्रतिशत, सिडि रेसियो ७४ दशमलव १२ प्रतिशत, प्रति शेयर आम्दानी १८ दशमलव ९४ प्रतिशत, स्प्रेडदर ५ दशमलव १० प्रतिशत रहेको छ ।

एनएफआरएस मोडल अनुसार बैंकले आफ्ना सेयरधनीहरुलाई ८२ करोड ४६ लाख रुपैयाँ बराबरको लाभांश बाड्न सक्ने क्षमता राख्दछ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा