• होमपेज
  • समाचार
  • उपत्यकामा ट्राफिक कारबाहीबाट २९ करोडभन्दा बढी राजश्व संकलन

उपत्यकामा ट्राफिक कारबाहीबाट २९ करोडभन्दा बढी राजश्व संकलन

  • आइतवार, साउन ६, २०७५
उपत्यकामा ट्राफिक कारबाहीबाट २९ करोडभन्दा बढी राजश्व संकलन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७४÷७५ मा रु २९ करोड २७ लाख ८२ हजार राजश्व संकलन गरेको छ । महाशाखाले उपत्यकामा मादकपदार्थ सेवन गरेर सवारी चलाउने, लेन अनुशासन नमान्ने, निषेधित क्षेत्रमा पार्किङ गर्ने, जथाभावी सवारीसाधन रोक्ने, क्षमताभन्दा बढी सामान राखेर हिँड्ने, सिटवेल्ट नबाँध्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारबाहीवापत उक्त राजश्व संकलन गरेको हो ।

महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले चार लाख ७१ हजार ९६८ सवारीसाधनको कारबाहीवापत उक्त राजश्व संकलन गरिएको जानकारी दिनुभयो । “ट्राफिक नियम पालना नगर्ने सवारी साधनलाई प्रत्यक्ष सिसी क्यामेरा, ट्राफिकको साथमा रहेको क्यामेरा र विभिन्न सामाजिक सञ्जालको माध्यमबाट कारबाही गरिरहेका छौँ,”–उहाँले भन्नुभयो ।

महाशाखाले आव २०७३÷७४ मा रु ३५ करोड ६० लाख ६७ हजार ९००, आव २०७२÷७३ मा रु १५ करोड ८२ लाख ९१ हजार २७५, आव २०७१÷७२ मा रु १४ करोड ४९ लाख ९७ हजार ५८५ राजश्व संकलन गरेको थियो ।

यसैगरी आव २०७३÷७४ मा ६ लाख ३९ हजार ६११, आव २०७२÷७३ मा ५ लाख ४८ हजार ४७०, आव २०७१÷७२ मा पाँच लाख ६९ हजार ६४० सवारी साधनलाई महाशाखाले कारबाही गरेको थियो ।

वाग्मती अञ्चलमा ठूलासाना झण्डै ११ लाख सवारी दर्ता रहेका छन् । दर्ता भएका ११ लाखमध्ये नौ लाख उपत्यकामा सञ्चालन हुँदै आएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा