• होमपेज
  • फिचर
  • आन्दोलनको तयारीमा नेपाली कांग्रेस

आन्दोलनको तयारीमा नेपाली कांग्रेस

  • आइतवार, साउन ६, २०७५
आन्दोलनको तयारीमा नेपाली कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका क्रियाकलाप विरुद्ध सडक र सदनमा आन्दोलन गर्ने उद्घोष गरेको छ । नेपाली कांगे्रसका पार्टी सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आन्दोलनको प्रतिकार गर्न चेतावनी दिएका छन् ।

सरकारले दुई तिहाईको दम्भ देखाउँदै दर्जनौं विधेयक ल्याई जबरजस्ती पास गर्न खोजेको, तानाशाही तरिकाले शासन गरेको, देउवा सरकारले गरेको निर्णय र नियुक्ति उल्ट्याएको भन्दै आन्दोलन चर्काउने भएको छ ।

सरकार गठन भएपछि कर बढाएको, वृद्धाभत्ता घटाएको, महंगी बढेको, स्थलगत रुपमा केही काम नभएको, रेल र तेल ल्याउने काम बोलीमा मात्रै गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

सरकारले टेलिफोन, इन्टरनेटजस्ता सूचना क्षेत्रमा ह्वात्तै कर बढाएको छ । घरजग्गा कर बढाएर कर लिने नीति साउन एक गतेबाटै लागु गरेको छ ।

यसले हाम्रोजस्तो अल्पविकसित मुलुकमा लागु हुनै नसक्ने कर प्रणाली ल्याएपछि नेपाली कांग्रेसले यी र यस्ताजस्ता मुद्दालाई समेत आन्दोलनको विषय बनाएर आन्दोलनमा जाने पूर्व सूचना तथा संचार मन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले बताए । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार