• होमपेज
  • समाचार
  • सन्राइज बैंक लिमिटेडद्धारा स्वास्थ्य बीमा अन्र्तगत बीमा रकम भुक्तानी

सन्राइज बैंक लिमिटेडद्धारा स्वास्थ्य बीमा अन्र्तगत बीमा रकम भुक्तानी

  • सोमवार, असार ४, २०७५
सन्राइज बैंक लिमिटेडद्धारा स्वास्थ्य बीमा अन्र्तगत बीमा रकम भुक्तानी

सन्राइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ ।
उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

यसै क्रममा बैंकको पाको, न्युरोड शाखाका ग्राहक अम्बिका मैंया श्रेष्ठलाई उपचार खर्च रु. ४,२१६ बराबरको रकम बैंकका वरिष्ठ प्रबन्धक प्रितम लाल श्रेष्ठले प्रदान गरेका छन् ।

बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ । बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार