• होमपेज
  • अर्थ/वाणिज्य
  • मेगाले साढे १२ प्रतिशत व्याज दिने

मेगाले साढे १२ प्रतिशत व्याज दिने

  • सोमवार, असार ४, २०७५
मेगाले साढे १२ प्रतिशत व्याज दिने

मेगा बैंकले साढे १२ प्रतिशत व्याज दिनेगरी आकर्षक मुद्दती खाता योजना ल्याएको छ। साथै दुई दुई वटा आकर्षक बचत खाता योजनाहरु पनि ल्याएको छ।

‘मेगा राइजिङ मुद्दती खाता’ न्यूनतम १ लाख रुपैयाँमै खोल्न सकिने छ भने मासिक भुक्तानी हुनेगरी बार्षिक १२.५ प्रतिशत ब्याज पाइनेछ। यस योजनामा ग्राहकहरुलाई निक्षेपको ९० प्रतिशत सम्म ओभरड्राफ्ट सुविधा दिइने बैंकले जनाएको छ।

‘मेगा राइजिङ बचत खाता’ न्यूनतम १० हजार रुपैँयामै खोल्न सकिने छ। यो खातामा त्रैमासिक रुपमा भुक्तानी हुने गरी बार्षिक ८.५० प्रतिशत ब्याज पाइनेछ। यो योजनामा ग्राहकहरुका लागि चेकबुक, अकाउन्ट स्टेटमेन्ट, सि–आस्बा सेवा निःशुल्क बनाइएको छ । यस्तै, दुई लाख रुपैँयासम्म एबीबीएस सेवा निःशुल्क गरिएको बैंकले जनाएको छ।

त्यस्तै ‘मेगा कर्पोरेट बेनिफिट बचत खाता’ योजनामा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी बार्षिक ८।२५ प्रतिशत ब्याज दिइने बैंकले जनाएको छ।

यो खाता एक हजार रुपैँयामै खोल्न सकिने र चेकबुक, मेगा अनलाइन बैंकिङ, भिसा डेबिट कार्ड, अकाउन्ट स्टेटमेन्ट, सि–आस्बा सेवा निःशुल्क पाइनेछ। यस्तै, दुई लाख रुपैँयासम्म एबीबीएस सेवा पनि निःशुल्क गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा