• होमपेज
  • समाचार
  • कृत्रिम अभाव गरेको आरोपमा पक्राउ

कृत्रिम अभाव गरेको आरोपमा पक्राउ

  • मङ्लबार, जेष्ठ २९, २०७५
कृत्रिम अभाव गरेको आरोपमा पक्राउ

पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले नेपाल आयल निगमको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित डिपोका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ ।

निगमको महेन्द्रनगर डिपोका प्रमुख इञ्जिनीयर मोहनकुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष विष्णुदेव साह र ट्याङ्कर व्यवसायी संघका अध्यक्ष किसुनदेव साहलाई प्रहरीले पक्राउ गरेको हो ।

चार पाँच दिनदेखि पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्न खोजेको भन्दै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि निगरानी बढाइएको र बिक्री वितरण रोकेको खण्डमा पक्राउ गरी कारवाही गरिने प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।

निगमका कर्मचारी, पेट्रोलियम डिलर्स र ट्याङ्कर व्यवसायीबीचको विवादका कारण धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोलियम पदार्थ अभाव भएको छ ।

ट्याङ्कर चालकको भत्ता दिने विषयमा पेट्रोलियम डिलर्स एशोसिएसन र पेट्रोलियम ढुवानी संघबीच विवाद हुँदा यस्तो अवस्था सिर्जना भए पनि डिपो प्रमुखले जबर्जस्ती एकाधिकार बढाएको आरोप लगाइएको छ ।

पेट्रोल पम्पले ट्याङ्कर चालकलाई ढुवानी बापत दिँदै आएको रु ६०० कटौती गरेपछि चालकले ढुवानी सेवा नै बन्द गरेको बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा