• होमपेज
  • पर्यटन
  • लाङ्टाङमा नब्बे प्रतिशत बस्ती

लाङ्टाङमा नब्बे प्रतिशत बस्ती

  • मङ्लबार, जेष्ठ २९, २०७५
लाङ्टाङमा नब्बे प्रतिशत बस्ती

भूकम्पपछि गएको हिमपहिरोका कारण पूर्णरुपमा क्षतिग्रस्त लाङ्टाङमा पुनः बस्ती बसेको छ ।

निडकोे अगुवाइमा सर्वप्रथम २०७२ असार महिनामा सम्भाव्यताको अध्ययनपछि बस्ती बसाउन सफल भएको हो ।

लाङ्टाङ सद्भावना दूतका रुपमा रहनुभएका पत्रकार अशोक सिलवालको नेतृत्वमा सो क्षेत्रमा स्थानीयवासीसहित पुगी सम्भाव्यता अध्ययन भएको थियो ।

सो अध्ययनपछि पहिरो गएका क्षेत्रमा पुनः बस्ती बसाउन मिल्ने निष्कर्ष निस्किएपछि स्थानीयवासीको सहयोगमा बस्ती बसाइएकोे सिलवालले बताए ।

काठमाडौँमा आज आयोजित ‘लाङ्टाङ यात्राः विछोडदेखि प्रेरणासम्म’ नामक छलफल कार्यक्रममा बोल्दै उनले भने, “लाङ्टाङ क्षेत्रलाई पुनःजीवन दिन उक्त क्षेत्रमा सम्भाव्यता अध्ययनका लागि पर्यटनसँग सम्बन्धित संस्थाको सहकार्यमा सो क्षेत्रको अध्ययन गरिएको हो”, उनेले थपे, “उक्त क्षेत्रको यात्रापछि वृत्तचित्रको निर्माण गरेपछि पुनः पर्यटनको सम्भाव्यता देखिएको थियो ।”

मानवविहीन बनेको पर्वतीय पर्यटनको एउटा विशेष केन्द्र लाङ्टाङमा पहिलो पत्रकारका रुपमा आफू उक्त क्षेत्रमा पुग्न सफल भएको उनले भने । लाङ्टाङमा अहिले १०० प्रतिशत स्थानीयवासी आफ्ना घर फर्किएर गइसकेको उनले जानकारी दिए। उहाँले ९० प्रतिशत घर सो क्षेत्रमा बनिसकेको बताए ।

सो पहिरोमा परी १७५ जना स्थानीयवासीको निधन भएको थियो भने स्थानीयवासी र विदेशी पर्यटक गरी ८३ जना बेपत्ता भएका थिए ।

लाङ्टाङ क्षेत्रका बासिन्दा ९० प्रतिशत पर्यटनमा निर्भर छन् । उक्त क्षेत्रमा मानिस बस्न थालेपछि पुनः पर्यटनका क्रियाकलापसमेत सुरु हुन थालेका छन् भने बाह्य पर्यटकसमेत पदयात्राका लागि जाने गरेका छन् । पुनः उक्त क्षेत्रमा बस्ती बस्न शुरु भएपछि पूर्वाधारमा थप विकास भएको सिलवालले जानकारी दिए ।

पर्यटन व्यवसायी दीपक महतले सर्वप्रथम पत्रकार सिलवाल लाङ्टाङको अध्ययनका लागि त्यहाँ पैदल जानका लागि प्रस्ताव राख्नुभएको बताए ।

महतले भने, “लाङ्टाङसँग भावनात्मकरुपमा मेरो पनि नाता भएकाले त्यसका लागि सहयोग गर्न तयार भएको थिएँ ।” लाङ्टाङमा बस्ती बसाउन स्थानीयवासीलगायत सिलवाल पनि पत्रकारिता पेशालाई नै त्यागेर उक्त क्षेत्रको पर्यटनको विकासका लागि लाग्नुभएको उनले जानकारी दिनए । ‘निड’ नामक संस्थाको अगुवाइमा सिलवाललाई स्थानीयवासीसहित प्रभावित क्षेत्रमा पठाएको उनले स्मरण गरे ।

सो अवसरमा रेडियो नेपालका कार्यक्रम प्रस्तोता तथा कवि नवराज लम्सालले लाङ्टाङको पर्यटनको विकासका लागि कविताको भूमिका महत्वपूर्ण हुने भन्दै कविको टोली सो क्षेत्रमा लैजानुुपर्नेमा जोड दिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि