सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेटमा कार्ड मार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने आफ्ना ग्राहकहरुको लागि भिषा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ ।
भिषा कार्ड इन्टरनेसनलको “भेरिफाइड बाई भिषा” मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारको लागि अतिरिक्ति सुरक्षा तहको रुपमा रहनेछ ।
यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्नेछन्, जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुनेछ ।
बैंकमा डलर खाता भएका ग्राहकहरुले बैकमा विश्वका कुनै पनि स्थानमा र नेपाली रmपैयाँमा खाता भएका ग्राहकहरmले नेपाल र भारतमा डेविट एवं क्रडिट कार्ड मार्फत न्यूनतम वार्षिक शुल्कमा अनलाइनमा वस्तु तथा सेवा खरिद गर्न सक्नेछन ।
यस प्रबिधिबाट गरिएको अनलाइन कार्ड कारोबारमा जालसाझी एवं नक्कली कारोबारको जोखिम कम हुने हुँदा अझै सुरक्षित, भरपर्दो र विश्वसनिय हुने आशा बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाइहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाइ आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।