• होमपेज
  • समाचार
  • कैलाश विकास बैंकमा करारहरूको भीड ?

कैलाश विकास बैंकमा करारहरूको भीड ?

  • आइतवार, जेष्ठ २०, २०७५
कैलाश विकास बैंकमा करारहरूको भीड ?

नेपालको नम्बर १ विकास बैंक कैलाश विकास बैंकमा डिपुटी सीइओदेखि आइटी प्रमुखसम्म करारमा भर्ना गरिएको सुन्दा अचम्म लाग्ला तर, यो सत्य हो ।

बैंक डिपुटी सीइओ (डिजीएम) गंगाधर पराजुलीले राजीनामा दिएपछि बैंक नेतृत्वले कृष्ण गोपाल मानन्धर (६५) वर्षलाई करारमा भर्ना गरेको छ । यो कैलाश विकास बैंकको कर्मचारी नियमावली विरुद्ध गरिएको भनी राष्ट्र बैंकमा उजुरी समेत परेको भेटिएको छ । सीइओ अमृत चरण श्रेष्ठले सबै जस्तो आफ्नो जातका उच्च अधिकृत बैंकमा भर्ना गरेको भन्दै राष्ट्र बैंकमा उजुरी परेको हो ।

यस्तै आइटी प्रमुखमा (६२ वर्ष)का प्रदिप तुलाधर, कम्प्लाइन्स प्रमुखमा ६२ वर्षकै कनैह्यालाल राजवंशी २ वर्षको करारमा ल्याइएको भेटिएको छ ।

सीइओ श्रेष्ठ, डिपुटी सीइओ मानन्धर, आइटी प्रमुख तुलाधर र कम्प्लाइन्स प्रमुख राजवंशी बाहेक अरू उच्च कर्मचारीको सहमती र सहकार्यविना बैंकका सबै निर्णय हुन थालेपछि बैंकका पुराना एवं दक्ष कर्मचारी सीइओ गंगाधर पराजुली र पुतलीसडक शाखाकी महिला शाखा प्रमुखले राजीनामा दिएकी छन् । स्मरणीय रहोस्, ५८ वर्ष माथिकाले बैंकमा जागिर खान कानुनी रूपमा गलत हो ।राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा