• होमपेज
  • समाचार
  • सांग्रिला बैंकका कर्मचारीहरुलाई अभिमुखीकरण तथा बैंकिङ्ग तालिम

सांग्रिला बैंकका कर्मचारीहरुलाई अभिमुखीकरण तथा बैंकिङ्ग तालिम

  • सोमवार, जेष्ठ १४, २०७५
सांग्रिला बैंकका कर्मचारीहरुलाई अभिमुखीकरण तथा बैंकिङ्ग तालिम

सांग्रिला बिकास बैंकले नबनियुक्त कर्मचारीहरुलाई ११ दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालीम आयोजना गरेको छ ।  नबनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनु भन्दा पहिले सामाजीकरण गराउने र बैंक सम्बन्धीत कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने र सिकाउने उदेश्यले यहि जेष्ठ ३ गते देखी १३ गते सम्म यो अभिमुखीकरण तालीम राखिएको बताइएको छ ।

६२ जना कर्मचारी सहभागी यो तालीममा नबनियुक्त कर्मचारीहरुलाई कम्युटर तालिम लगायत क्रेडीट, कस्टुमर सिर्भीस, टेलर व्यवस्थापन, नक्कली नोट, सिग्नेचर भेरिफिकेसन, टिम बिल्डील लगायतको बारेमा तालीम दिईएको बैकका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

११ दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले यस किसिमको तालिमले नबनियुक्त कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनु पर्ने बताएका थिए ।

संस्थाले कर्मचारीको बृत्ती बिकास तथा तालीमको लागि भबिष्यमा लर्नीङ्ग सेन्टरको बिकास गर्ने रणनीति सहीत कार्यक्रम गर्दै आएको नायब प्रमुख कार्यकारी अधिकृत   दिनेश थकालीले   बताए ।  कार्यक्रममा सहभागी कर्मचारीहरुले तालिम निकै फलदायी भएको र उक्त अभिमुखीकरण तथा बैंकिङ्ग तालीम सहभागी हुदाँ सबैसंग चिनजान गर्ने मौका र काम गर्नै हौसला मिलेको बताएका थिए ।

बैंकले छिट्टै देशका बिभिन्न स्थानमा २२ ओटा नयाँ शाखाहरु खोल्दैछ । नयाँ शाखाहरु संचालन पछि सस्थाको शाखा संजाल देशभर गरि ५८ ओटा पुग्ने नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा