• होमपेज
  • समाचार
  • सिद्धार्थ बैंक र इजीलिंकबीच सम्झौता

सिद्धार्थ बैंक र इजीलिंकबीच सम्झौता

  • शनिबार, जेष्ठ १२, २०७५
सिद्धार्थ बैंक र इजीलिंकबीच सम्झौता

सिद्धार्थ बैंक र इजीलिंक रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल र इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतासँगै इजीलिंक रेमिट्यान्स मार्फत कोरिया, जापान, साइप्रस, अमेरिका लगायत विश्वका विभिन्न देशहरुबाट पठाएको रकम सिद्धार्थ बैंकका जुनसुकै शाखाबाट सजिलै भुक्तानी लिनका साथैै सिद्धार्थ बैंकको खातामा सजिलै रकम जम्मा गर्न पनि सकिनेछ ।
सम्झौतापछि सिद्धार्थ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिएका छन् ।

 

बैंकले हाल ११२ वटा शाखा, (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११० एटिएम र ८०० भन्दा बढी पीओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को वैशाख मसान्तसम्म बैंकले कुल निक्षेप ९० अर्ब ६४ करोड रुपैयाँ र कर्जा लगानी ८२ अर्ब ४ करोड रुपैयाँ गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा