• होमपेज
  • समाचार
  • मुक्तिनाथ विकास बैंकका दुई शाखा विस्तार

मुक्तिनाथ विकास बैंकका दुई शाखा विस्तार

  • शनिबार, जेष्ठ १२, २०७५
मुक्तिनाथ विकास बैंकका दुई शाखा विस्तार

मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा आफ्ना दुई शाखा कार्यालय विस्तार गरेको छ । मुक्तिनाथ विकास बैंक लि.ले तिलोत्तमा नगरपालिका वडा नं. १, ड्राईभरटोल र वडा नं १५ कोटिहवामा क्रमशः ८१ औं र ८२ औं शाखा विस्तार गरेको छ ।
ड्राईभरटोल शाखाको समुद्घाटन लिोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले गरे ।

घिमिरेले मुक्तिनाथ विकास बैंकले प्रदान गरिरहेका वित्तीय सेवाहरुका साथै सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत वित्तीय साक्षरता, क्लिन तिलोत्तमा ग्रीन तिलोत्तमा निर्माण गर्नमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे । कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी, आनन्दबन शंकरनगर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष केशवराज न्यौपानेले लगायतले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा ओमसतीया गाउँपालिकाका अध्यक्ष हीरा केवट (राहुल), तिलोत्तमा न.पा. वडा नं १५ का वडा अध्यक्ष खेमराज गुरुङ्ग लगायतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका सभापति तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि