• होमपेज
  • समाचार
  • हस्तक्षेप असहयोग अनि असक्षम ?

हस्तक्षेप असहयोग अनि असक्षम ?

  • शुक्रबार, जेष्ठ ११, २०७५
हस्तक्षेप असहयोग अनि असक्षम ?

भूपेन्द्र आचार्य । नेपाल बैंक र वित्तीय संस्थाहरूमा पछिल्लो समय बैंक सञ्चालक समितिको चर्को हस्तक्षेप बढेको भेटिएको छ । ठूला वाणिज्य बैंकहरूमा एक पछि अर्को गर्दै सीइओहरूले राजीनामा दिइरहेका छन् ।

जीवनभरि बैंकिङ्ग क्षेत्रमा बिताएका सक्षम सीइओहरू सचिन जोशी, निरज श्रेष्ठ, लक्ष्मण रिसाल, अजय श्रेष्ठ, अनिल ज्ञावली र अनुजमणि तिमल्सेनाले आफ्नो कार्यकाल बाँकी छदै राजीनामा दिनुपर्यो । यसको भित्री रहस्य के हो ? किन समय बाँकी रहँदै सीइओहरूले राजीनामा दिन्छ ? यो बुझ्ने र पढ्ने मौका प्रमोटर, शेयरधनी र लगानीकर्तालाई हुनु स्वभाविक नै हो ।

अधिकांश वाणिज्य बैंकहरूमा बैंकको संचालक समितिको हस्तक्षेप, असहयोग र दादागिरीका कारण सीइओहरूले राजीनामा दिएको तथ्य सबैसामु प्रष्ट छ ।

क र वित्तीय क्षेत्रमा लामो समय अर्थात् तीन दशकभन्दा बढी बिताएका सचिन जोशी, नविल बैंकबाट पूरा अवधि नबिताई बिदा भए । कारण थियो, संचालक समितिको चर्को हस्तक्षेप र उच्च व्यवस्थापन टिमको असहयोग । तर उनले राजीनामा दिएपछि उनीमाथि चर्को आरोप लगाएर बैंक चलाउन नकसेको र कम कमाएको भनी प्रचार बाजी संचालकहरूले पत्रकार मार्फत गरे ।

जीवन नै बैंकिङ क्षेत्रमा बिताएका जोशीलाई ‘असक्षम’ बनाउने काम भयो । तर उनले केही बोलेनन् । यो उनको बैंकिङ क्षेत्रमा वर्षैं बिताएको र नैतिकताको कारणले पनि हो । उनले पनि सक्ने थिए, संचालकहरूको कर्तुत बाहिर ल्याउन तर, उनले चाहेनन् । धन्य रहेछन् सचिन जोशी !

यस्तै अन्य चर्चित बैंकरहरू अनिल ज्ञावली, लक्ष्मण रिसाल, निरज श्रेष्ठ, अजय श्रेष्ठ, अनुजमणि तिमल्सेना पनि संचालकहरूको चर्को दादागिरी र हस्तक्षेपकै शिकार भए । माछापुच्छ्रे बैंकका सीइओ निरज श्रेष्ठले १७ महिना नपुग्दै माछापुच्छ्रे बैंक छोड्नु पर्यो ।

उनले बैंकिङ क्षेत्रमै तीन दशक बिताए । माछापुच्छ्रे बैंकलाई उच्च सुशासनमा चलाउने प्रयत्न गरे । नाफा मात्रै बढाएनन्, उनकै पालामा अर्बभन्दा बढी बैंकले नाफा कमायो । यसबीचमा उनलाई टिक्न दिएनन् संचालक समितिका केही अनपढ र असक्षम सदस्यहरू र उच्च व्यवस्थापन टिमका केही कर्मचारीहरूले ।

तर उनले राजीनामा दिएपछि ‘असक्षम’को आरोप लगाई संचालकहरू र केही कर्मचारीहरूले पत्रिकाबाजी गराएर आफ्ना कर्ततहरूको ढाकछोप गरे । यो कस्तो बैकिङ्ग प्रणाली हो ? राष्ट्र बैंक किन बोल्दैन गर्भनर डा. चिरन्जीवी नेपाल ज्यु ? निरज श्रेष्ठले कतै उजुरीबाजुरी गरेनन् । पत्रिकाबाजी पनि गरेनन् र बैंकिङ नम्सभित्र बसेर हिँडे । उनले चाहेको भए संचालकहरूका कर्तुत पत्रकार मार्फत बाहिर ल्याउन सक्ने थिए ।

तर त्यस्तो घृणित कार्य कहिल्यै गरेनन् । यस्तै ग्लोबल आइएमई बैंकका सीइओ अनिल ज्ञावली, बैंक अफ काठमाण्डूका सीइओ अजय श्रेष्ठ, सेञ्चुरी बैंकका सीइओ अनुजमणि तिमिल्सेनाले बैंकको पूँजी वृद्धिसँगै नाफा उच्च बनाए तर, बैंकको सञ्चालक समितिले नयाँ कर्मचारी भर्नादेखि कर्जा प्रवाहसम्म चर्को हस्तक्षेप गरेपछि विवाद बढेका कारण पूरा अवधि काम नगर्दै राजीनामा दिएर गए । यी तीन भाइमाथि पनि ‘असक्षम’कै आरोप लगाई पत्रिकाबाजी गरियो ।

संचालक र बैंककै उच्च तहका कर्मचारीहरूको निर्देशनमा विज्ञापन नै दिएर पत्रकारहरूलाई गलत समचार दिइयो र लेखाइयो । र संचालकका घीनलाग्दा कर्तुत लुकाउने काम भयो । यी तीनभाइले कतै प्रतिवाद गरेनन् । चाहेको भए बैंकका संचालकहरूका कर्तुत बाहिर ल्याउन सक्ने थिए । तर चाहेनन् ।

बैंकिङ नम्सभित्र बसेर इमान्दारिता देखाए । पत्रकारहरूले फोन गरी बैंकको विवादको समाचार माग्दा पनि नबोल्ने यी बैंकरहरू कसरी ‘असक्षम’ भए गर्भनर साब ? यसको उत्तर छ तपाईसँग छ ? अब जनतालाई तपाईंले उत्तर दिने बेला भएको छ ।

यस्तै अर्को सीइओ जसको आधाभन्दा बढी जीवन बैंकिङ क्षेत्रमा बित्यो । उनी हुन् लक्ष्मण रिसाल । उनी पनि संचालक समितिको शिकार भए । ब्याजदर बढाउने कि नबढाउने विवाद एनआइसी एसिया बैंकभित्र संचालक र व्यवस्थापक टिमबीच विवाद बढेपछि राजीनामा दिएर हिँडे ।

लक्ष्मण रिसालले बैंक यसरी अगाडि बढाएका थिए कि बैंकभित्र डिपोजिटको कमी थिएन । दिनमा २÷४ वटा शाखा खुलेका थिए । नाफा टप १० बैंकभित्र थियो तर, उनलाई पनि ‘असक्षम’को आरोप संचालक समितिबाट लगाइयो र पत्रिकाबाजी गरियो । यो कस्तो बैंकिङ प्रणाली हो ?

किन असक्षमको आरोप सीइओमाथि लगाइन्छ ? यसको आधार भरौटे बैंक संचालकहरूसँग छ ? संचालकहरूको हस्तक्षेपकै कारण सीइओहरूले पदबाट राजीनामा दिएको देखिन्छ । तर संचालकमाथि कुनै स्पष्टिकरण र कारबाही समेत गर्दैन राष्ट्र बैंक । कारण के हो ?

एक पूर्व डिपुटी गर्भनरले नाम नलेख्ने सर्तमा राजतिलक साप्ताहिकसँग टेलिफोनमा बताए– ‘दशैं, तिहारजस्ता ठूला चाडपर्वमा राष्ट्र बैंकका उच्च कर्मचारीदेखि सुब्बासम्मलाई खामबन्दी पैसा, घर जाने गाडी र महंगा हुस्की दिइने चलन अझै छ । त्यो संचालकहरूबाट मात्रै सम्भव छ ।

यही लोभकै कारण राष्ट्र बैंकको उच्च नेतृत्वले संचालकहरूलाई कारबाही गर्न सक्दैन । हजुरबुबा सरह जे गर्न पनि छुट दिन्छ नि !’ उनीले प्रस्टै भने– ‘ठूला बैंक नविल, कुमारी, एनआइसी एसियामा अध्यक्षलाई अफिस नै खडा गरी गोप्य रूपमा तलबभत्ता नै दिएर राखिएको छ । उनीहरूलाई नसोधी सीइओले केही गर्दैनन् । उनीहरूले नै बैंक चलाएका छन् ।

सधैं हस्तक्षेप छ तर, राष्ट्र बैंक एक शब्द बोल्दैन । अर्थमन्त्री डा. युवराज खतिवडाले कारबाही गर् भन्दा पनि राष्ट्र बैंकले टेर्दैन । जे भए पनि सम्पूर्ण बैंकहरूको रेगुलेटर नेपाल राष्ट्र बैंकले जनताको पैसाको जिम्मा लिनु पर्दछ । समयमै सचेत हुनु जरुरी छ । सचेत भया ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा