• होमपेज
  • समाचार
  • अब मास्टर कार्ड नेपालमै पाइने

अब मास्टर कार्ड नेपालमै पाइने

  • मङ्लबार, जेष्ठ ८, २०७५
अब मास्टर कार्ड नेपालमै पाइने

बैंक तथा वित्तीय संस्थामा रहेको खाताको सूचना विदेशमा जाने क्रम रोकिने भएको छ । नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिमा नै विदेशी कार्डहरुको भुक्तानी राफसाफ नेपालमा नै गर्न निर्देशन दिए, बमोजिम हाल विदेशी कार्डहरु मास्टर, भिसा र युनियन पेको राफसाफ नेपालमा नै हुने भएपछि बैंकका ग्राहकको खाताको सूचना बाहिर नजाने भएको हो ।

यदि यो प्रणालीमा भिसा, मास्टर, र युनियन पेको नेपाली रुपैयाँको राफसाफ गराएमा नेपालभित्र मात्र आन्तरिक रोमिङमार्फत् कारोबार हुने भएकाले बैंक खातावालाको खाताको सूचना बाहिर नजाने बैंकहरुले बताएका छन् । तर, डलरको कारोबार भएमा भने अमेरिका र भारु भएमा भारतमा खातावालाको सूचना जानेछ ।

यसभन्दा पहिला भिसा कार्डबाट कुनै पनि कारोबार गरिएका त्यसको राफसाफ भारतको पुणेबाट हुने गरेको थियो भने मास्टर कार्डको राफसाफ सिंगापुरबाट हुने गरेको थियो ।

त्यस्तै युनियन पेको राफसाफ चीनबाट हुने गरेको थियो । अब डलर र भारु खातावालाको बाहेक यी सबैको राफसाफ नेपाली रुपैयाँमा नै हुने भएको छ । अन्तर्राष्ट्रिय कार्डको रकमको व्यवस्थापन चालू आर्थिक वर्षको अन्त्यसम्ममा नेपाली रुपैयाँमा नै गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

नेपालमा धेरैभन्दा धेरै प्रचलनमा रहेका मास्टर कार्ड र भिसा कार्ड हुन् । हिमालयन बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाललगायतका बैंकहरु नेपालमा चलनचल्तीमा आएका कार्डको स्थानीय एजेन्ट बन्न लागिपरेका थिए ।

अन्त्यमा भिसाको स्थानीय राफसाफ प्रतिनिधि नेपाल इन्भेष्टमेन्ट बैंकले पाएको छ भने मास्टर कार्डको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पाएको छ । त्यस्तै चिनियाँ कार्डको भने हिमालयन बैंकले पाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक कार्ड शाखाकी जनसम्पर्क अधिकृत सिर्जना मानन्धरले भिसाको लागि स्थानीय सेटलमेन्ट एजेन्ट अब एनआइबीएल रहेको जानकारी दिइन । त्यस्तै युनियन पेको नेपालको स्थानीय राफसाफ प्रतिनिधि हिमालयन बैंक रहेको बैंकका कार्ड विभागका प्रमुख भाष्कर दाहालले आर्थिक न्युजडटकमलाई बताएका छन् ।

योभन्दा पहिले नेपाली बैंकमा खाता रहेका खातावालाको खाताको सम्पूर्ण सूचना विदेशीसमक्ष पुगिरहेको थियो भने प्रत्येक महिना करिब १ अर्ब ५० लाख रुपैयाँ कमिसनसमेत उनीहरुले लिँदै आएका थिए । हाल भिसा, मास्टर र युनियन पे कार्ड गरी नेपालमा हजारौं कार्ड जारी भएका छन् । यी कार्डको स्थानीय राफसाफ प्रतिनिधि भएपछि अब कार्ड प्रयोगकर्ताहरुले कुनै पनि कमिसन तिर्न नपर्ने भएको एनआइबीएल कार्ड विभागकी जनसम्पर्क अधिकृत सिर्जना मानन्धरले बताइन ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने