• होमपेज
  • अर्थ/वाणिज्य
  • ग्लोबल आइएमई बैंकको कैलालीको मुनुवामा शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकको कैलालीको मुनुवामा शाखारहित बैंकिङ्ग सेवा

  • मङ्लबार, जेष्ठ ८, २०७५
ग्लोबल आइएमई बैंकको कैलालीको मुनुवामा शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकले मंगलबारदेखि कैलालीको जानकी गाउँपालिका ४, मुनुवामा ८४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । शाखारहित बैकिङ्ग सेवाको एक विशेष समारोहकाबीच जानकी गाउँपालिका प्रमुख प्रदिपकुमार चौधरी र ग्लोबलका सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले संयुक्त रुपमा समुद्घाटन गरेका छन् ।

सो सेवाको लागि स्थानीय अनुपकुमार रावतलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

ग्लोबलले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ शाखा, १३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर, ८४ शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार