• होमपेज
  • समाचार
  • फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता शुरु

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता शुरु

  • आइतवार, जेष्ठ ६, २०७५
फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता शुरु

आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ प्रतियोगिता (आज) आइतवारदेखि शुरु भएको छ ।

आधारभूत तहबाटै टेनिस खेलको अभ्यासमा सहयोग पुगोस् भन्ने मुख्य उद्देश्यका साथ आयोजित उक्त प्रतियोगितात्मक खेलको उद्घाटन आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, हेम लामा, डा. इन्द्रजीत राई र हिमाल खबर पत्रिकाका सम्पादक किरण नेपालले संयुक्त रुपमा नाउलिङ्ग स्पोर्टस भिल्ला भंगालमा गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले अहिलको प्रतिष्पर्धी यूगमा पढाइका अतिरिक्त अन्य विषयमा पनि ज्ञान र अनुभव आवश्यक पर्ने हुँदा बालबालिकाहरुमा खेलकुदप्रति रुची बढाउन प्रतियोगिता आयोजना गरेको जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमूख अतिथी हेम लामा, डा. राइ र नेपालले नेपालको नीजि क्षेत्रबाट टेनिस खेलको विकासमा देखाएका प्रयासको प्रसंशा गरेका थिए ।

आज (आइतबार)को प्रतियोगितात्मक खेलमा आठ वर्ष मूनिको समूहबाट सम्राज्ञी लामा, सिभाली गुरुङ्, असोभ हाडा र आद्रित नेपाल फाइनलमा प्रवेश गरेका छन् । अन्य समूहका लागि प्रतियोगितात्मक खेल काठमाडौंस्थित नाउलिङ्ग स्पोर्टस भिल्ला र मण्डीखाटार टेनिस क्लबमा जारी रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा