गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल विकास बैंकर्स संघको अध्यक्षमा चयन भएका छन् । संघका अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ विकास बैंक छाडेपछि रिक्त संघको अध्यक्षमा ढकाल चयन भएका हुन् ।
विकास बैंकमा आवद्ध सीईओहरुको छाता संगठनको रुपमा रहेको विकास बैंकर्स संघका पदाधिकारीले बैंक छाडेसँगै उक्त पद स्वत रिक्त हुने व्यवस्था छ ।
मुक्तिनाथ बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट भरतराज ढकाल बाहिरेपछि बसेको संघको ११३ औ कार्य समिति बैंठकले एशोसिएसनमा रिक्त रहेका पदहरु विधान अनुरुप नियुक्त गर्ने क्रममा एशोसिएसनका प्रथम उपाध्यक्ष समेत रहेका ढकाललाई कार्यवाहक अध्यक्ष चयन गरेको थियो । संस्थाका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाको महासचिवमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेललाई नियुक्त गरिएको जानकारी पनि दिइयो ।
रिक्त सदस्यमा पदमा भने ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीलाई नियुक्त गरिएको संघले जनाएको छ ।