महालक्ष्मी विकास बैंक लि. ले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स ९द्यबलअबककगचबलअभ० को सुरुवात गरेको छ ।
यसै सन्दर्भमा महालक्ष्मी विकास बैँक लि. का प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सिटिजन लाइफ इन्स्योरेन्स कं लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले एक समारोह बीच बैंकासुरेन्सको सम्झौता हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंक लि. बाट उक्त कम्पनीको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।