संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका वडा नं. ४, बाग्लुङ जिल्ला तमानखोला गाउँपालिका वडा नं. १, दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नं. २ र दैलेख जिल्ला गँुरास गाउँपालिका वडा नं. ४ गरी ४ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
यस बैंकको निसीखोला शाखा, तमानखोला शाखा, भगवतीमाई शाखा र गँुरास शाखाको समुद्घाटन सम्वन्धित गाउँपालिकाका अध्यक्ष क्रमशः तारानाथ पौडेल, जोकलाल बुढा, दान बहादुर थापा र खेम राज ओलीबाट समुद्घाटन भएको हो ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
सञ्चालनमा आएका बैंकका निसीखोला शाखा, तमानखोला शाखा, भगवतीमाई शाखा र गँुरास शाखा कार्यालयहरुबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उधमी, व्यवसायी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् र चारैवटा गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।