• होमपेज
  • समाचार
  • जनता बैंकको दोर्दी शाखा प्रदेश नं ४ का मुख्यमन्त्रीद्धारा उद्घाटन

जनता बैंकको दोर्दी शाखा प्रदेश नं ४ का मुख्यमन्त्रीद्धारा उद्घाटन

  • आइतवार, बैशाख ३०, २०७५
जनता बैंकको दोर्दी शाखा प्रदेश नं ४ का मुख्यमन्त्रीद्धारा उद्घाटन

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुव्वा गरुङले बैशाख २८ गते जनता बैंकको दोर्दी शाखाको उद्घाटन गरेका छन् । बैंक सञ्चालक समितिका अध्यक्ष केशबबहादुर रायमाझीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री गुरुङले सरकारको प्रत्येक गाउँपालिकामा बैंक शाखा पु¥याउने नीति अनुरुप दोर्दीमा जनता बैंकको शाखा स्थापना भएकोमा खुशि ब्यक्त गर्दै जनसमुदायलाई बैंकको सहयोगमा उद्यमशिल बन्न आग्रह गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै संचालक समिति अध्यक्ष केशबबहादुर रायमाझीले त्येस भेगका जनतालाई बैंकको सहयोग लिई जिवन स्तर माथि उठाउन आग्रह गरे ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले देशको ग्रामिण तहसम्मका जनताहरुको पहुँचमा बैंकिङ सेवा पु¥याउने लक्ष्य अनुसार शाखा विस्तार गरेको जानकारी दिँदै आधुनिक बैंकिङ सुविधा लिई जिवनस्तरलाई सहज बनाउन आग्रह गरेका थिए ।

क्षेत्रीले शाखाको सहयोगबाट यस क्षेत्रका जनताको उद्यमशिलता बढ्न गई आयस्तर बढ्ने विश्वास ब्यक्त गरे । शाखा उद्घाटनकै अवसरमा दोर्दी गाउँपालिका परिसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य शिविर आयोजना गरि स्थानियलाई सेवा प्रदान गरिएको थियो

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा