• होमपेज
  • समाचार
  • सस्तो र सुलभ प्रभु टिभी संचालनमा आउँदै

सस्तो र सुलभ प्रभु टिभी संचालनमा आउँदै

  • बिहिबार, बैशाख २७, २०७५
सस्तो र सुलभ प्रभु टिभी संचालनमा आउँदै

नेपालमा एनलग प्रविधिबाट स्वदेशी तथा विदेशी टेलिभिजनहरु हेर्ने गरेका थियौ । तारलाई खम्बाबाट लगेर टिभीमा जोड्नु पर्ने बाध्यता थियो । तर समयको परिवर्तनसँगै नेपालमा डिजिटल प्रविधिको टेलिभिजन आयो । जसले गर्दा तार विना केही प्रविधिको प्रयोगबाटै घर घरमा उच्च गुणस्तरको टेलिभिजन हर्ने अवसर हामीले पाएका छौं । अझ भनु यसले गर्दा नेपालको कुना कुना टेलिभिजन हेर्न पाएका छन ।

नेपालमा अहिले आधा दर्जन डिजिटल प्रविधिमा संचालित छ । जसले आफ्नो तर्फबाट उच्च गुणस्तरको सेवा प्रदान गरेको दाबी गरिरहेका छन् । नेपालमा सरकारबाटै एनलग प्रविधिको पूर्ण रुपमा बन्द गर्ने आदेश पछि डिजिटल टेलिभिजनको आवश्यकता व्यापक रुपमा बढेको हो ।

आवश्कता उच्च भएको मौका छोपी डिजिटल टेलिभिजन प्रदायकहरुले आफु मनखुसी सेवा शुल्कको निर्धारण गरेका छन् । जसले गर्दा नेपालको लगभग ७० प्रतिशत मानिसहरुले नयाँ प्रविधिमा जाने आट समेत गरेका छैनन् ।

सरकारबाट एनलग टेलिभिजनको बन्देज गरेपछि नेपालका निम्न वर्गका परिवार देखि उच्च वर्गका परिवारहरुलाई समेत उचित हुने गरी प्रभु ग्रुपले प्रभु टिभीको शुरुवात गरेको यो निकै प्रशंसनिय विषय हो ।

प्रभु ग्रुपले प्रभु बैंक, प्रभु मनि ट्रान्फसर, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, प्रभु हेलिकप्टर जस्ता अन्य धेरै ठुला संस्थाहरु संचलन गरेको छ । जसबाट हजारौ नेपालीहरु लाभान्वित भएका छन् ।

प्रभु टिभी शुरुमा नेपालको काठमाडौं, चितवन र पोखरामा गरि ३ स्थानबाट केही दिनमा आफ्नो सेवा शुरु गर्ने बताएको छ । ‘जसको लागि अहिले तिव्र गतिमा परिक्षण प्रसारण गरिरहेका छौं,’ महाप्रबन्धक शंकर कालिकोटेले बताए । अबको केही दिनमा हामी व्यावसायिकरुमा सेवा सुरु गर्दैर्छौं ।’

नेपालमा अहिलेसम्म केबल, एन्टेना तथा छाताको माध्यामबाट मात्र डिजिटल टेलिभिजन वितरण भएको छ । प्रभु टिभी भने केबल, एन्टेना तथा छाताबिना नै डिजिटल टेरेस्ट्रियल टेलिभिजन (डीटीटी) प्रविधिमा सञ्चालित हुनेछ ।

फ्रिक्वेन्सीमार्फत च्यानलहरु प्रसारण हुनेछन् । जसकारण यो टेलिभिजन जडान गरेपछि वर्षातका कारण सिग्नल नआउने, तार छिन्ने लगायतका अवरोधहरु यस टिभी नआउने र राउटर जत्रो एन्टेना भएकाले घर तथा कोठा सर्दा समेत यसलाई सजिलैसँग लैजान सकिने यसको प्रमुख विशेषता हो ।

नेपालमा नै पहिलो पटक प्रभु समूहले डीटीटी प्रविधि भित्र्याएको हो । यो प्रविधिमा कम्पनीले सामान्य एन्टेनाको माध्यमबाट टेरिस्टोलियल सेवा संचालन गर्नेछ । यस्तो एन्टेनामा सेट टप बक्स जोडिएको हुन्छ । र, यस्तो प्रशारण भूसतही गर्नेछ । यसको लागि कम्पनीले तोकिएको स्थानमा रिपिटर टावर राख्नेछ । र, सोहि रिपिटर टावरबाट भूसतही सिग्नल एन्टेनामा पठाईन्छ ।

सो एन्टेनामा रहेको सेट टप बक्समार्फत सेवाग्राहीले टिभी हेर्न सक्नेछन् । यसका कन्टेन्टहरु भने सबै डिजिटल प्रविधिमा हुनेछन् । यो टिभी साढे ५ सयदेखि साढे ६ सय मेगाहर्जमा प्रशारण हुनेछ । यसको कारण टिभीमा अहिलेसम्म नेपालमा नभएको क्वालिटी हुने प्रवन्धक कालिकोटेले बताए दिए ।

शुरुको चरणमा काठमाडौं, पोखरा र चितवनमा सेवा शुरु गर्ने र आवश्कता र मागको आधारमा यसको सेवा विस्तार गर्दै लैजाने योजना रहेको उनले जानकारी दिए ।

प्रभु टिभीको सेवाका शुरुवातमा एन्टेना, सेटटप बक्स खरिदलगायतका लागि करिब २२ सय रुपैयाँ शुल्क लाग्ने र मासिकरुपमा ४ सय रुपैयाँमा नबढ्ने गरि सेवा शुल्क तोकिने र यसका करिब ६० वटा च्यानलको सेवा दिनेछ ।

जसमध्ये ३५÷४० वटा च्यानलहरु उच्च गुणस्तरका (एचडी च्यालन) हुनेछन् । प्रभु टिभीका अध्यक्ष देवीप्रकाश भट्टचनले बताए । प्रभु टिभी सबैका लागि उपयुक्त हुने र प्रतिस्पर्धी मूल्यमै उच्च क्वालिटीको सेवा दिन्छौं । टिभी हेर्दा सफा दृष्य आउने र उत्कृष्ट ध्वनी आउने साथै यो टिभी सञ्चालन गर्नका लागि तार तथा छाता आवश्यक पर्दैन । उनको दाबी छ ।

Facebook Comments

सम्बन्धित समाचार