• होमपेज
  • बीमा
  • आइएमई जनरल इन्स्योरेन्सको मुनाफा ८ करोड २३ लाख

आइएमई जनरल इन्स्योरेन्सको मुनाफा ८ करोड २३ लाख

  • बुधबार, बैशाख २६, २०७५
आइएमई जनरल इन्स्योरेन्सको मुनाफा ८ करोड २३ लाख

निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटडले तेस्रो त्रैमासमा खुद मुनाफामा ८ करोड २३ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको तुलनामा ३२ दशमलव ७३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले मुनाफा ६ करोड २० लाख रुपैयाँ कमाएको थियो ।

५४ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा ११ करोड ४९ लाख रुपैयाँ र बीमा कोषमा १३ करोड ४७ लाख रुपैयाँ राखेको छ । बीमाको आम्दानीमा ६५ दशमलव ५१ प्रतिशतले बढेर १४ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने खर्चमा १ सय ४४ प्रतिशतले बढेर ६ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले हाल सम्म कुल बिमा शुल्क रकम ६७ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ भने कुल दाबी भुक्तानी शुल्क रकम १६ करोड १० लाख रुपैयाँ रहेको छ ।

 

कम्पनीको प्रति शेयर आम्दानी २० दशमलव ३४ पैसा, मुल्य आम्दानी अनुपात ४२ दशमलव ०४ गुणा, प्रति शेयर नेटवर्थ १ सय ३४ दशमलव ०७ रुपैयाँ र प्रति शेयर कुल सम्पतिको मुल्य २ सय ६२ दशमलव १९ रुपैयाँ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार