• होमपेज
  • समाचार
  • पर्वतीय क्षेत्रको सम्बृधिका लागि एनएमबि बैकले ICIMOD सँग सहकार्य गर्ने

पर्वतीय क्षेत्रको सम्बृधिका लागि एनएमबि बैकले ICIMOD सँग सहकार्य गर्ने

  • बुधबार, बैशाख २६, २०७५
पर्वतीय क्षेत्रको सम्बृधिका लागि एनएमबि बैकले ICIMOD सँग सहकार्य गर्ने

एनएमबि बैकले नेपालको पर्वतीय क्षेत्रको आर्थिक, सामाजिक सम्बृधिका लागि र International Centre for Integrated Mountain Development (ICIMOD) सँग सहकार्य गर्ने भएको छ । सहकार्य सम्बन्धि सम्झौतापत्रमा ICIMOD को कार्यालय धापाखेलमा बिशेष पत्रकार सम्मेलन आयोजना गरेर बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी र ICIMOD sf Director General, Dr. David Molden ले सम्झौतापत्र हस्तान्तरण गरेका छन् ।

सम्झौताको मुख्य उदेश्य दुबै संस्थाले आफ्नो नेपाल भरी फैलिएको सन्जाल मार्फत आफ्नो प्राबिधिक सीप तथा दक्षता प्रयोग गरी स्थानीय समुदायको सामाजिक आर्थिक बिकासका लागि काम गर्ने रहेको छ ।

सम्झौताले पर्वतीय क्षेत्रको स्थानीय समुदायहरुका लागि मुख्य तीन कार्य क्षेत्रलाई संबोधन गर्नेछ जसमा बित्तिय क्षेत्रमा पँहुच, लगानीको प्रभाव र संस्थागत सामाजिक उत्तरदायित्व रहेको छ ।

एनएमबि बैकले “समृद्घ नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला ब्यावसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले सहकार्यहरु गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार