• होमपेज
  • मनोरञ्जन
  • फास्ट फास्ट (कल्पना)को म्यूजिक भिडिया सार्वजनिक

फास्ट फास्ट (कल्पना)को म्यूजिक भिडिया सार्वजनिक

  • बुधबार, बैशाख २६, २०७५
फास्ट फास्ट (कल्पना)को म्यूजिक भिडिया सार्वजनिक

पछिल्लो समय साँगितिक बजारमा एकपछि अर्को लगातार नृत्यपरक तर फरक शैलीका स्वादमा फरकपनसहित गीतसंगीत दिँदै आएको टिम “डश म्युजिक” र चाम्लिङ ईन्टरटेइन्टमेन्टले फेरि पनि सबैलाई नचाउन नयाँपनको गीत लिएर आएको छ ।

सबैको मन जित्नेखालको नयाँ गीत “फास्ट–फास्ट” (कल्पना) बोलको डान्सिङ बिटको गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गर्दै नायिका प्रियंका कार्की र सुनिल क्षेत्रीको साथमा नेपाली ठिटोलाई प्रस्तुत गरेको छ ।

गायक शंकर थापा ‘स्माईल’ र गायिका सुमि चाम्लिङ राईको स्वरले भरिएको यो गीतमा पछिल्लो समयका व्यस्त गीतकार डि.पी. खनालको शब्द रचना रहेको छ भने प्रतिभाशाली संगीतकार एवं गायक शंकर थापा ‘स्माईल’को संगीत रहेको छ । त्यस्तै पछिल्लो समय फरकपन भित्र्याउन सफल संगीत संयोजक उदयराज पौडेल को संगीत संयोजन रहेको छ ।

फास्ट फास्टमा अहिलेकी चर्चित नायिका तथा हालै एपीवान टेलिभिजनमार्फत प्रशारित रियालिटी शो “बुगिबुगी”कि निर्णायक प्रियंका कार्की र भारतीय टेलिभिजन शो डिआईडीबाट आफूलाई चिनाउन सफल कोरियोग्राफर तथा निर्देशक सुनिल क्षेत्रीको साथमा डान्स ग्रुप “नेपाली ठिटोज” को धमाकेदार नृत्य तथा अभिनय रहेको छ ।

म्यूजिक भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । सुनिल क्षेत्रीकै कोरियोग्राफी र निर्देशन रहेको यस गीतको अडियो भिडियो डश म्युजिक नेपाल र चाम्लिङ ईन्टेरटेईन्मेन्टको सहकार्यमा प्रकाशन गरिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा