• होमपेज
  • समाचार
  • प्रभु लाइफ इन्स्योरेन्सको प्रदेश कार्यालय धनगढीमा

प्रभु लाइफ इन्स्योरेन्सको प्रदेश कार्यालय धनगढीमा

  • बिहिबार, बैशाख २०, २०७५
प्रभु लाइफ इन्स्योरेन्सको प्रदेश कार्यालय धनगढीमा

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले २०७४ बैशाख २० गते विहिवारदेखि आफ्नो प्रदेश कार्यालय धनगढीबाट कारोबार सुरु गरेको छ । प्रदेश नं. ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे । कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, बिभागिय प्रमुखहरु तथा प्रदेश नं. ७ मा रहेका बिभिन्न कार्यालय तथा संकायहरुमा सम्बद्घ अतिथि लगायत स्थानिय प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।

शुभारम्भ कार्यक्रममा मुख्य मन्त्री भट्टले नेपालमा जीवन बीमाको सम्भाब्य बजार धेरै भएकाले र बीमा कम्पनीहरुले थप उत्तरदायी भएर सहज रुपमा जीवन बीमा सेवा उपलब्ध गराउन बिशेष भुमिका खेल्नु पर्नेमा जोड दिए । प्रदेशहरुमा यसरी नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुग्ने बिचार ब्यक्त गरे । प्रदेश सरकारले व्यवसायीहरुलाई लगानीमैत्री कानुन बनाई व्यावसायीक बातावरण बनाउन कटीबद्घ रहेको बताउँदै उनले यसैगरी देशैभरि नै आफ्ना संजालहरु बिस्तार गर्दै प्रभु लाइफ इन्स्योरेन्सको प्रगती तथा थप ब्यवसायिक सफलताको लागि समेत शुभकामना ब्यक्त गरे ।

कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्देश्यसहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा प्रभु लाइफ इन्स्योरेन्सले नयाँ आयाम थप्ने दाबी गरे ।

‘हामी शहरसँगै गाउँसम्म जीवन बीमा विस्तार गर्नेछौँ । गाउँका किसानदेखि साना व्यापार गर्नेसम्मलाई लक्षित गरेर बीमा पोलिसी ल्याउनेछौं’ उनले भने, ‘हाम्रो उद्देश्य परम्परागत बीमा बजार भन्दा माथि उठेर व्यवसाय गर्ने हो ।’

‘जीवन बीमा क्षेत्रमा हामीले छुट्टै स्थान बनाउनेछौ’ उनले भने, ‘अहिलेको जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजनासहित हामी आएका छौं ।’

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कम्पनीका हाल बिभिन्न १९ शाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको र छिटो भन्दा छिटो कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने योजना रहेको जानकारी गराए ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक सेयरधनीले एक अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गरिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार