• होमपेज
  • अर्थ/वाणिज्य
  • ओम डेभलपमेन्ट बैंकको शाखा पोखराको बिरौटामा

ओम डेभलपमेन्ट बैंकको शाखा पोखराको बिरौटामा

  • बिहिबार, बैशाख २०, २०७५
ओम डेभलपमेन्ट बैंकको शाखा पोखराको बिरौटामा

ओम डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको बिरौटामा शाखा बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक एवं शाखा उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी पोम नाथ गौतमले शाखाको बिधिवत उद्धघाटन गरे भने बिशेष अतिथी पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले शाखाको एटिएम उद्धघाटन गरे ।

कार्यक्रममा बैंकका अध्यक्ष सुशील कुमार गोशलीले बैंकका विविध पक्षहरुको जानकारी गराए । प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बैंकले हालसम्म ५३ वटा शाखा, एउटा एक्स्टेन्सन काउन्टर, एउटा शाखा रहित बैंकिङ्ग सेवा र १६ वटा एटिएम मेशिनबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।

बैंकले चैत्र मसान्तसम्म १९ अर्ब १२ करोड निक्षेप संकलन गरी १७ अर्ब नौ करोड कर्जा लगानी गरेको छ । यो अवधिमा बैंकको खुद मुनाफा २६ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

बैंकले जर्मनको के.एफ. डब्लु डेभलपमेन्ट बैंकको सहकार्यमा शाखाहरुबाट कृषि तथा लघु उद्यम कर्जा अन्तर्गत सर्वसुलभ रुपमा २ लाख देखि ४० लाख सम्मको कर्जा लगानी गरिरहेको छ भने बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा र निशुल्क आश्वा सेवा प्रदान गर्दै आईरहेको छ । साथमा नेपाल ईलेक्ट्रोनिक्स पेमेन्ट सिष्टम (नेप्स) नेटवर्कको भिजा कार्ड शिघ्र बितरण गर्न लागेको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने