• होमपेज
  • समाचार
  • जनता बैंकद्वारा व्ययाम उपकरण हस्तान्तरण

जनता बैंकद्वारा व्ययाम उपकरण हस्तान्तरण

  • आइतवार, बैशाख १६, २०७५
जनता बैंकद्वारा व्ययाम उपकरण हस्तान्तरण

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई व्ययाम मेसिन हस्तान्तरण गरिएको छ ।

पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाईं बिरामीहरुको व्ययाम सुविधाको लागि उक्त मेशिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकको सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोशिएसनका अध्यक्ष रत्न राजेश्वरी थापालाई उक्त मेशिन हस्तान्तरण गरेका थिए ।

मेशिन हस्तान्तरणको अवसरमा सस्थाका महासचिव मुनाल सुवेदीले पार्किन्सन रोगीहरु पनि समाजका अंग भएकोले उनिहरुलाई उचित परामर्श दिन सकेमा उनिहरुले पनि समाजको लागि कार्य गर्न सक्ने हुदा जनता बैंकको यस सहयोगले सामाजिक कार्यमा अझ हौसला मिलेको बताए ।

स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत सस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत कार्य गर्ने यस बैंकको नीति अनुरुप यस आर्थिक वर्षमा सामाजिक उत्तर दायित्वका अन्य कार्यहरु पनि गर्दै जाने योजना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा