• होमपेज
  • बीमा
  • प्राइम लाइफको मुनाफा ३३ प्रतिशतले वृद्धि

प्राइम लाइफको मुनाफा ३३ प्रतिशतले वृद्धि

  • आइतवार, बैशाख १६, २०७५
प्राइम लाइफको मुनाफा ३३ प्रतिशतले वृद्धि

निजि क्षेत्रको जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (Prime Life Insurance Co. Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफामा ३३ दशमलव ६४ प्रतिशतले बढेर १४ करोड ३१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १० करोड ७४ लाख रुपैयाँ कमाएको थियो ।

६१ करोड २ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ९४ करोड ८२ लाख रुपैयाँ र जीवन बीमा कोषमा ५ अर्ब ९८ करोड ४० लाख रुपैयाँ राखेको छ । जसले आम्दानीमा ३२ दशमलव ५१ प्रतिशतले बढेर २१ करोड ६४ लाख रुपैयाँ पुर्याएको छ भने खर्च ३० दशमलव ४५ प्रतिशतले बढेर ७ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको बीमाशुल्क खुद १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी खुद १८ करोड ७८ लाख रुपैयाँ रहेको छ । कुल कायम बीमालेखको संख्या ५ लाख ५९ हजार ६५२२ वटा र कुल दाबी भुक्तानी संख्या ९ सय १९ वटा रहेको छ ।

कम्पनी (PLIC) को प्रति शेयर आम्दानी ३१ दशमलव २८ रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय ६९ दशमलव ३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २० दशमलव ४३ गुणा रहेको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार