• होमपेज
  • समाचार
  • एनसेलले ल्यायो ‘सही’ डेटा प्याक, दैनिक १ घण्टा निःशुल्क भिडियो

एनसेलले ल्यायो ‘सही’ डेटा प्याक, दैनिक १ घण्टा निःशुल्क भिडियो

  • बुधबार, बैशाख ५, २०७५
एनसेलले ल्यायो ‘सही’ डेटा प्याक, दैनिक १ घण्टा निःशुल्क भिडियो

एनसेल प्राइभेट लिमिटेडले ‘फ्यूल योर फन’ योजना अन्तर्गत आफ्ना ग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डटा प्याक ल्याएको छ ।

यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढि डेटा प्राप्त गरी थप सुलभ दरमा चौबिसै घण्टा ईन्टरनेटमा पहुँचका साथै बोनस स्वरुप दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा पनि लिन सक्नेछन् ।

‘सही’ डेटा प्याक यहि चैत्र २९ गते बिहीबार देखि लागु हुनेछ । यो डेटा योजना अन्तर्गत एनसेलका ग्राहकले आधा जिबि देखि १५ जिबिसम्मको १ दिन देखि ३० दिन सम्मको समयावधिका चौबिसै घण्टा चलाउन सकिने अल टाइम डेटा प्याकहरु रु ३९ देखि रु ७९९ सम्ममा सुचारु गर्न सक्नेछन् ।

ग्राहकले १ दिन समयावधि रहेको आधा जिबिको सही डेटा प्याक कर सहित मात्र रु ३९ मा सुचारु गर्न सक्नेछन्, भने तिन दिन समयावधि रहेको १.५ जिबि डेटा कर सहित रु ९९, सात दिन समयावधि रहेको ३.५ जिबि डेटा कर सहित रु १९९ र तीस दिन समयावधि रहेको १५ जिबि डेटा कर सहित रु ७९९ मा सुचारु गर्न सक्नेछन् ।

सही प्याक लिएका ग्राहकले आफूले लिएको प्याक अवधिभर दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा पनि लिन सक्नेछन् । यो योजना अन्तर्गतको निःशुल्क भिडियो स्ट्रिमिङमा आईफ्लिक्स, युट्युब ,युट्युब गो तथा एनसेलको अरु भिडियो प्लेटफर्म (नेट टिभि, भियुक्लिप, लाइफस्टाइल पोर्टल, फन स्टोर पोर्टल, स्पोर्टस् पोर्टल) मा रहेका भिडियो कन्टेन्ट हेर्न सक्नेछन् । ग्राहकले गुगलको सेवा जस्तै प्ले स्टोर, म्याप आदिका लागि पनि यो निःशुल्क भिडियो स्ट्रिमिङ सुविधाको प्रयोग गर्न सक्नेछन् ।

‘सही’ डेटा प्याक एनसेलको टु जी, थ्रि जी तथा फोर जी सबै नेटवर्कका लागि मान्य रहेको छ ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी ‘६’ छनोट गरेर आफ्नो आवश्यकता बमोजिमको सही डेटा प्याक लिई अफरको लाभ लिन सक्छन् । त्यस्तै ग्राहकहरुले एसएमएसबाट तथा एनसेल एपबाट पनि यो सेवा सुचारु गर्न सक्नेछन् । उदाहरणका लागि १ दिन समयावधिको प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा ‘३९’ लेखि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् ।

मोबाइल डेटाको बढ्दो मागलाई सहज बनाउन आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा अल टाइम डेटा प्याक ल्याउन पाउँदा निकै हर्षित भएको एनसेलले जनाएको छ । एनसेलको सबै नेटवर्कमा चलाउन सकिने डेटा प्याकसँगै एक घण्टाको निःशुल्क भिडियो स्ट्रिमिङ सुविधाले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

सही डेटा प्याकको भोलुम सकिएपछि प्याकको समयावधि भर ‘पे एज यु गो ’ दर अनुसार कर सहित प्रति एमबि रु १.१३ लाग्ने कम्पनीले जनाएको छ । यो योजना सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि