• होमपेज
  • देश
  • बोस्निया र हर्जेगोभिनाको माननीय कन्सुलेटद्वारा विशेष फोटो प्रदर्शनी

बोस्निया र हर्जेगोभिनाको माननीय कन्सुलेटद्वारा विशेष फोटो प्रदर्शनी

  • मङ्लबार, बैशाख ४, २०७५
बोस्निया र हर्जेगोभिनाको माननीय कन्सुलेटद्वारा विशेष फोटो प्रदर्शनी

नेपालस्थित बोस्निया र हर्जेगोभिनाको माननीय कन्सुलेटले बोस्निया र हर्जेगोभिनाको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउँदै दक्षिण पूर्वी युरोपको मुटुमा अवस्थित सो राष्ट्रको पर्यटन प्रचारको उद्देश्यले तस्बिरहरुको एक विशेष प्रदर्शनी आयोजना गरेको छ ।

सो प्रदर्शनीको उद्घाटन संयुक्त रुपमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारी तथा बोस्निया र हर्जेगोभिनाका माननीय राजदूत डा. साबिट सुबासिचद्वारा इभोक बिस्ट्रो एण्ड क्याफेमा आयोजित एक विशेष समारोहमा गरिएको थियो ।

उक्त समारोहमा फ्रेन्ड्स अफ बोस्निया र हर्जेगोभिना इन नेपाल समूहसहित अन्य विशेष अतिथिहरुको उपस्थिति पनि रहेको थियो ।

एड्रियाटिक सागरको किनारमा अवस्थित बोस्निया र हर्जेगोभिनाको ऐतिहासिक संस्कृति तथा प्राकृतिक छवि निकै सुन्दरतापूर्वक विश्वप्रख्यात फोटोग्राफर श्री प्रकाश ब्याङले आफ्नो क्यामेराद्वारा तस्बिरमा कैद गरेका छन् ।

बोस्निया र हर्जेगोभिना एक उचित युरोपियन गन्तब्य पर्यटकीय स्थलको रुपमा प्रख्यात छ । बोस्निया र हर्जेगोभिनाको प्राकृतिक सुन्दरता तथा संस्कृति र त्यहाँका नागरिकहरुलाई तस्बिरका माध्यमबाट परिचित गराउने यस प्रदर्शनीको मूल उद्देश्य रहेको छ ।

उक्त प्रदर्शनी सार्वजनिक रुपमा ललितपुरको झम्सिखेलमा अवस्थित इभोक बिस्ट्रो तथा क्याफेमा अप्रिल १६ देखि १८ सम्म बिहान १० बजे देखि बेलुका ५ बजेसम्म खुला रहने छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा