अर्पन उत्कर्ष । हाम्रो समाज सम्पूर्ण दृष्टिकोणबाट अत्यन्तै विभेदित समाज हो । यहाँ कुनै न कुनै समुदाय एक अर्काबाट बहिस्कृत र तिरस्कृत रहेका छन् ।
वस्तुतः यो ज्यादा हिन्दु वर्णाश्रम भित्रका जातजाति, उप–जातिहरूमा र अलिक कम अन्य आदिवासी जनजातिमा छ । जनजातिमा शासन सत्ता र कानुनको गहिरो प्रभाव हो भने अन्य तीन फरक सम्प्रदायमा धार्मिक शासन सत्ता र कानुनको आधारमा विभेद मुख्यतया देखिन्छ । समान्य त, अब हामी दलित केहो भन्ने विषयमा थोरै अध्ययन गरौं ।
वर्ण व्यवस्था र जात व्यवस्था भएको समाजमा सबैभन्दा पिंधमा राखेर टुक्रा–टुक्रा गरी अत्यन्तै मसिनो टुक्राहरूमा विभाजित गरेको एक सम्प्रदाय हो दलित । हुन त सबै किसिमका जात व्यवस्थामा टुट्फुट त हुन्छन् नै तर, ब्राह्मण र क्षेत्रीको तुलानात्मक रूपमा दशौं गुणा बढी दलितमा हुन्छ र गरियो ।
यसरी टुक्राटुक्रा गरी एकअर्का विरुद्ध उभ्याइएको समाज नै दलित हो । अब प्रश्न रहन्छ– दलित कसरी बन्यो ? कसरी हामीजस्तै आम मानिस नै दलितमा रूपान्तरण भयो भन्ने विषयमा इतिहास यस्तो रहेको छ ः
हाम्रो समाज करिब दुई हजार वर्ष पहिलेदेखि यो समस्यासँग जुध्दै आइरहेको छ । सबैभन्दा पहिले वर्ण व्यवस्थाको बारेमा बुझ्दा यो दक्षिण एशिया जसलाई हामी सिन्धु घाँटीको सभ्यता, जुन पाकिस्तानको सिन्धु नदीको आसपासमा बसोबास गर्ने मानिसले विकास गरेका आदिम सभ्यता भनेर पनि चिन्दछौ ।
यही सभ्यता ईसापूर्व बत्तीस सय वर्षअघिको आसपासमा विकास भएको दुईवटा सभ्यताको मुलभूत रूप हुन् । पहिलो मोहोनजोदारो सभ्यता र अर्को हडप्पा सभ्यता रहेका छन् । मोहोनजोदारो नगरीय र हडप्पा सभ्यता हालको पाकिस्तान र भारतको बीच भागमा पर्दछन् । तर मुलभाग भने पकिस्तानी भूमिमा रहेको छ । अनि अर्कोतिर दक्षिण एशियाबाट विकाश भएको दुईवटा मुख्य जाति एउटा आष्ट्रिक र अर्को द्रबिड मुलका ।
द्रबिडहरू पुड्का, पहेंलो रङका, नाक बुच्चो हुन्थ्यो । यी आश्ट्रिक र द्रबिड मुलका मानिसका नाक चाहिँ यस्तो हुन्थ्यो कि जुन संसारभरीका तेस्रो नाकमध्ये एक हुन् । कि त चुच्चो हुन्छ कि थेप्चो । यसैले यो बुच्चो चाहिँ तेस्रो नाक हो । तिनीहरूले बनाएको सभ्यतालाई नै मोहोनजोदारो र हडप्पाको सभ्यता भनिन्छ । त्यहीबेला युरोपबाट विकसित भएको एक अर्को सभ्यता युराल पहाड आसपास विकास भएको थियो ।
युरालीहरूले आफूलाई आर्य भन्न रुचाउँथे । र कालन्तरमा तिनीहरू नै आर्य भए । उनीहरू मुलभूत रूपमा खेती प्रणालीभन्दा जनवार पाल्ने काम गर्थे । पछि बिस्तारै खेती प्रणालीमा विकास हुन खोज्दै जाँदा इरान हुँदै भारत प्रवेश गर्न खोजे । त्यहाँ प्रवेश गरेपछि युरोप हुँदै इरानबाट प्रवेश गरेका युरालीहरू मोहोनजोदारो र हडप्पा सभ्यताको जगमा विकास भएका आष्ट्रो–द्रबिड सम्प्रदायहरू बीच एक आपसमा ठूलो लडाइँ चल्यो ।
ठूलो आक्रमणको श्रृंखला चल्यो । र त्यो चल्ने क्रमा केही सय वर्षको आक्रमणपछि आर्यहरू विजयी भए । जहाँबाट दास प्रथाको पहिलो सुरुवात भयो भनेर भन्न सकिन्छ । जितेकाहरूले शासन गर्ने र हारेकाहरू जुन आष्ट्रो–द्रबिड समुदायका थिए, उनीहरू आर्यहरूको दास भए । यसरी भारतमा करिब पाँच हजार वर्ष अघि युरोपबाट आएका युरालीहरू र यहाँका आष्ट्रो–द्रबिड सम्प्रदायबीचको लडाइँबाट नै दास र मालिक प्रथाको बिजारोपन भयो ।
यहाँ एउटा प्रश्न उब्जिन्छ– आर्यहरू कहिलै दास भएनन् त ? जब आर्यहरूले जिते र लामो समय राज्य चलाए । राज्य चलाउँदै गर्दा आर्यहरूमा केही व्यक्ति शक्तिमा पुग्ने हठका कारण शक्तिको विन्यास हुन पुग्यो र आर्यहरूबीच झगडा भएर अन्य स–साना भुरे टाकुरे राज्यको विकास हुन पुग्यो ।
हामीलाइ थाहा छ कि माहाभारतको लडाइँ आर्य र अनार्य बीचको लडाइँ थिएन । शक्ति र पैसाको बीचमा पैदा भएको असमञ्जस्यताका कारण आर्य–आर्य बीच नै लडाइँ सुरु हुन्थ्यो । यसरी विकास भएको स–साना राज्यलाई आर्य राज्यले नै आक्रमण गर्ने प्रथाको विकास भयो । र हारेको आर्यलाई दास बनाइन थालियो । यसरी दुई प्रजातिका मानिस दास भए । खासमा मालिक चाहिँ जहिल्यै आर्य मात्र भए र दास चाहिँ हारेका आष्ट्रो–द्रबिड, हारेका आर्यहरू भए ।
अर्काेतिर संसारको जुनसुकै सभ्यता वा स्थानमा पनि जहाँ जनसंख्याको वृद्धी हुन्छ त्यहाँ अनिवार्य श्रम विभाजन पनि हुन्छ । फरक–फरक मान्छेले फरक–फरक कार्यव्यवहार धान्नुपर्ने भएकाले दक्षिण एशियाको हकमा पनि चार प्रकारको श्रम विभाजन भयो ।
पहिलो, मालिक खलकभित्रका निश्चित व्यक्तिलाई ज्ञान आर्जन गर्ने र दिक्षित गर्ने पुरेत्याइँ गर्ने एक खालको दर्जा बनाइयो । जसलाइ ब्राह्मण भनियो । दोस्रो, शासन गर्ने र प्रशासन चलाउनेलाई क्षेत्री भनियो । तेस्रो, व्यापार व्यवसाय गर्ने जसलाई वैश्य भनियो र चौथो तथा अन्तिममा, शील्पकारिता गर्ने, सेवा गर्ने र प्राविधिक काम गर्ने, जसलाइ शुद्र भनियो । जसको एउटै मात्र प्रमाण छ, ऋग्वेद । संसारको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदको अन्तिम अध्यायमा यो कुरा उल्लेख छ ।
यो मोटामोटी पंैतीस सय वर्षअघिको कुरा हो । श्रम विभाजनको सुरुतिर आ–आफ्नो भागमा परेको काम गर्ने भन्ने थियो । संसारमा सबै स्थानमा जनसंख्या वृद्धिसँगै श्रम विभाजन त भएकै छ । अफ्रिका, युरोपमा भन्दा दक्षिण एशियाको यो श्रम विभाजन एकदम फरक खालको थियो ।
बाजेले जे पेसा गरेको छ, त्यही छोरानातिले गर्नुपर्ने । उलंघन गर्न नमिल्ने । यो संसारमा अन्त कतै नभएको श्रम विभाजन हो । यो दक्षिण एशियामा मात्र पाइन्छ । पुर्खाले समाजलाई जे काम दिएको छ त्यो अनिवार्य गर्नैपर्ने । यसले एक हिसाबमा ब्राह्मण र क्षेत्री समुदाययलाई त फाइदा नै भयो तर, अर्काे समुदायलाई भने अभिशापको रूपमा विकाश भयो । जहाँ शुद्र र वैश्यको जिन्दगी झन् कष्टकर बनिरह्यो ।
एउटा समुदाय शासनमा रहिरहने र अर्को समुदाय शासन सत्तामा जानै नपाउने । यसरी दक्षिण एशियामा वर्गीय असामानताको निक्कै विषाक्त बिजारोपनको सुरुवात भयो । केही सय वर्षपछि वैश्य र शुद्रमा एक किसिमको आक्रोश र शक्तिप्रतिको मोहले वा अधिकार प्रतिको स्वतन्त्र चाहनाले विद्रोह हुन थाल्यो । र त्यो विद्रोह गर्ने जुन वैश्य र शुद्रलाई निर्मम दमन गरियोे ।
कस्तो किसिमको सजाय दिइयो भने उनीहरूलाई सामाजिक रूपमा बहिस्कार गर्ने चलनको शुरुवात भयो । उनीहरूको बस्ने घर समाजभन्दा अलि छुट्टै बनाउन लगाइने । कुवा, इनार, धारा, पंधेरा छुट्टै बनाउने । उनीहरूले छोएको नखाने, घरभित्र आउन नदिने जस्ता कुसंस्कारको विकास भयो । यो नै छुवाछुत प्रथाको प्रथम चरण हो ।
त्यसकारण वर्ण व्यवस्था र छुवाछुत भन्न एउटै कारण हैन । वर्ण व्यवस्था श्रम विभाजन थियो । वर्णव्यवस्थाको खराबी चाहिँ छुवाछुत र दलित प्रथा हो । वर्ण व्यवस्था हुने बित्तिकै छुवाछुत भयो भन्ने चाहिँ हैन फेरि । छुवाछुतको पनि सिद्धान्तहरू छन् । हाडनाता करणी छुवाछुत, फोहरी छुवाछुत जस्ता अनेक सिद्धान्त अब मुलभूत प्रश्न यो छ कि सुरुमा बहिस्कार त गरियो । समाजभन्दा बेग्लै ठाउँमा पनि राखियो । अछुत पनि बनाइयो । तर यसरी झांगियो किन ? जराभित्रैसम्म गाडियो किन ?
यो आजको प्रमुख विषय हुन् । यो निरन्तर किन टिक्यो ? यो गम्भीर प्रश्न हो । अब छुवाछुत, भेदभाव र दलितप्रतिको राजनैतिक इसेन्स केहो त भन्दा जब छुवाछुत र भेदभाव पाएका र नपाएका मानिसबीच अनन्त क्रमिक्ता बढ्यो । निरन्तर भएको यो स्वभावले सुरुमा त उनीहरूबीचमा केही थिएन तर, पछिसम्म निरन्तर रहेकाले छुवाछुत हुने र नहुनेबीच मनोवैज्ञानिक असन्तुलन र फुट पैदा भयो ।
र यो कुरा तत्कालीन शासकले राम्ररी बुझे । अनि शासकले के गरे भने जो ऋण तिर्न नसकेर टाट पल्टेका छन्, जसले शुद्रसँग रगतको सम्बन्ध राख्यो, उसलाइ अछुतमा झारिदिने, जो राज्यविरुद्ध अलिकति बोल्छ उसलाइ पनि अछुतमा झारिदिने गरी तत्कालीन शासकले अछुतहरूको ठूलो जमात तयार पा¥यो । अछुतबीचमा पनि फुट पैदा गरी कहिल्यै मिल्न दिएनन् । र संभावित विद्रोह सधैं टारिराख्यो ।
छुवाछुत वर्ण व्यवस्थाभित्र घुसाएर शासकलाई हुने सबैभन्दा ठूलो फाइदा एकाधिकार हो । यसो भन्दा नेपालमा छुवाछुत दलितमा मात्र छ र रहन्छ भन्ने हैन । जति पनि हिन्दु वर्णाश्रमभित्रका जातजाति छन्, ती सबैमा छुवाछुत विद्यमान छ ।
नेपालको वर्तमान कन्टेक्स्टमा यसको मुख्य प्रादुर्भाव तिनवटा दिशाबाट तीन किसिमले भएको पाइन्छ । जब भारतको वैशाली भन्ने ठाउँबाट आएकाहरूले ईस्वी संवतको दुई सय वर्ष पहिले किरात शासन चलिरहेको काठमाडांैमा आक्रमण गरे । र लिच्छवी शासनकाल सुरु गरे ।
उनीहरू भारतमा जात वर्णमा शिपाली भएकाले उनीहरूले चार वर्ण र आठार जातमा विभाजन गरी छुवाछुतको व्यवस्था सुरु गरे । पछि ईस्वीको आठ सयतिर मल्लहरूले फेरि काठमाडांैमा आक्रमण गरी शासन थाले र जयस्थिती मल्लले चार वर्ण चौसट्ठी जातमा विकाश गरे । यसरी हेर्दा काठमाडांै खाल्डोमा मात्र विकाश भएको छुवाछुत र दलित प्रथा कसरी तराइमा, कसरी पश्चिममा पनि विकाश भयो भन्ने प्रश्न पनि रहन्छ ।
पश्चिम नेपालमा कसरी विकाश भयो भन्ने प्रश्नमा एउटा सम्प्रदाय युराल पर्वत हुँदै भारत छिरेसँगैै अर्को सम्प्रदाय युरोप हुँदै मध्य एशियाको अकेसस पहाड हुँदै पश्चिम नेपाल छिरेसँगै ती अकेससबासीहरू कालन्तरमा खस भए । उनीहरू हिन्दु थिएनन् । तेह्र बाइ मष्टो पूजा गर्थे र छ्ब्बिस बैनी पुज्थे । उनीहरू मातवाली थिए । जांड रक्सी सबै खान्थे, पिउथे । कूलपूजामा सुँगुर पूजा गर्थे । उनीहरू नै हालको पश्चिम क्षेत्र जुम्लाको सिंजा उपत्यका आसपास बसोबास गरेर बसे ।
पछि भारतबाट फेरि मल्लहरू पश्चिम छिरेपछि ठूलो लडाइँ भयो र त्यहाँ पनि हार्नेहरूलाई दास बनाए । विद्रोह गर्नेलाई अछुत बनाइयो । किनकि दास बनाउनमा मल्ल ब्राहमणहरू पोख्त थिए । शासन सँगसँगै धर्म पनि विकाश गरे । त्यहीँबाट विकास भएको पहाडी आर्य दलितहरू हुन् । त्यसरी बैद्दिक आर्य र मल्लहरू मिलेर नेपालको पश्चिम भागमा शासन गरे र बाँकीलाई दास बनाइयो । खस आर्य दलितहरूको बिजारोपन गरे । अर्काेतिर सेन वंशले जुन पूर्वी नेपालमा शासन थाले, उनीहरू जात प्रथा सहित नै थिए ।
यहाँनिर गोर्खामा राम शाहले सुरु गरे भन्ने होइन । उनले त विकासलाई मूर्त रूप दिए । यसरी तीन भागबाट विकास गरिएको दलितहरूको तीन किसिमको विशेषता पाइन्छ । मुलतः काठमाडांै खाल्डोबाट सुरु भएको छुवाछुत व्यवस्था नेवारी समुदायमा र पश्चिमबाट र पूर्वबाट सुरु भएको खस र आर्य दलित प्रथा हुन् ।
सबैको छुवाछुतको प्रक्रिया बेग्लाबेग्लै रहेको छ । अर्काेतिर तराइतिर सुरु भएको छुवाछुत व्यवस्था मुलभूत रूपमा दक्षिण भारतीय व्यवस्थाबट प्रभावित व्यवस्था हो । यो कुनैको प्रकृति कोहीसँग मिल्दैन तर, आधारभूत विशेषता भने एउटै छ ।
अन्ततः निष्कर्षमा हामी के भन्न सक्छांै भने दलित प्रथासँगै दक्षिण एशियामा विकास भएको सामन्त प्रथा पनि जातको आधारमा विकास भएको सामन्तवाद हो । जस्को मुख्य प्रतिनिधित्व उच्च हिन्दु खस आर्य अहंकारवादले गरेको पाइन्छ । र अर्काे मुख्य बाधक भनेको हिन्दु वर्णाश्रम र मुलुकी ऐनको कानुनी व्यवस्था नै हो ।
अर्काेतिर विद्वान भनाउदा हिन्दु बुद्धिजीवी पल्टेका एक थरी मानिसहरू र तिनीहरूको मनोविज्ञानमा परेको उच्च सामन्तीय छाप नै हो । तसर्थ, एउटै वैद्दिक सनातन क्षेत्रभित्रबाट हुर्केका आफ्नै सम्प्रदायलाई छुवाछुत बनाइराख्ने वर्णश्रम, धर्म र प्रथा नै दलित आन्दोलनका मुख्य बाधक र मनोवैज्ञानिक असर हुन् ।