टाटा मोर्टस र सिप्रदी ट्रेडिङले शैक्षिक क्षेत्रमा सहयोग गर्ने उदेश्यले वाकाथन कार्यक्रम गरेको छ। वाकाथन कार्यक्रममा सहभागी हरेक व्यक्तिले हजार रुपैयाँका दरले सहयोग गरेका थिए।यो कार्यक्रममा पाँच सय जनाको सहभागिता रहेको थियो।
सिप्रदीको शोरुम थापथलीबाट सुरु भएर त्रिपुरेश्वर,रत्नपार्क,भद्रकाली,माइतीघर हुँदै पुन थापाथली शोरुममा आएर वाकाथन टुंगिएको थियो।कार्यक्रममा सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ शम्शेर राणाले सप्रदीले सामाजिक उत्तरदायित्व प्रभावकारी ढंगले पूरा गर्ने प्रतिवद्धता जनाए।
टाटाका कन्ट्रि म्यानेजर अजितनारायण सिंहले नेपालको शैक्षिक क्षेत्रको विकास र विस्तारमा केही सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे।यसअघि टाटा र सिप्रदीले आयोजना गरेको टेष्ट ड्राइभमा हरेक टेष्ट ड्राइभमा पाँच सय रुपैयाँ शिक्षा क्षेत्रमा दिने स्कीम समेत ल्याएको थियो।