• होमपेज
  • समाचार
  • नेतृत्व विहिनले उब्जाएको तरलता अभाव

नेतृत्व विहिनले उब्जाएको तरलता अभाव

  • आइतवार, चैत्र १८, २०७४
नेतृत्व विहिनले उब्जाएको तरलता अभाव

नेपाली बैंक र वित्तीय क्षेत्रमा चर्को तरलता अभाव चुलिएको छ । ८÷१० प्रतिशतमा लिएको कर्जाको ब्याजदर १६÷१७ प्रतिशत पुगेको छ ।

डिपोजित ब्याजदर १० प्रतिशत ६ भने दर्जनौं वाणिज्य बैंक नेतृत्वविहीन बन्दै गएको अवस्था देखिन्छ ।
पुराना, अनुभवी बैंकरहरू पलायन हुँदै गएपछि बैंकिङ अनुभव कम भएका सानै उमेरका संचालकको निर्देशन मान्नेहरूको जमात बैंकहरूमा बढेको छ ।

माछापुच्छ«े बैंक, सेञ्चुरी बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक, सीइओविहीन छ । कार्यकारी सीइओहरूले बैंक हाँकिरहेको अवस्था छ । सञ्चालकहरूको हालिमुहालीको सामना गर्न नसकेपछि दर्जनांै सीइओ लक्ष्मण रिसाल, निरज श्रेष्ठ, सचिन जोशी, अनुजमणी तिमल्सिनालगायतले राजिनामा दिए र अन्तै पलायन भएका छन् ।

अब सीइओको अवधि सकिने अवस्थामा हिमालय बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायत छन् । यी बैंकमा पनि दोश्रो मुख्य डिजिएमले नै बैंक हाक्ने अवस्था देखिन्छ । एकातिर बजारमा पैसा अभाव अर्कोतिर शेयर बजार तहसनहस भएको छ । तर राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपाललाई देश विदेशमा बैंकका शाखाहरूको रिबन काट्न भ्याइनभ्याई छ । यो कस्तो सरकार हो अर्थमन्त्रीज्यू ?

Facebook Comments

सम्बन्धित समाचार